Thu. May 15th, 2025

अपाङ्गता भएका १ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२७ साउन, धादिङ – अपाङ्गता भएका विद्यार्थीहरुलाई बिहिबार धादिङबेसीमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

saman-bitaran 1

सीवीएमको सहयोगमा अपाङग बाल पुर्नस्थापना केन्द्र सिआरसी परियोजना धादिङले धादिङ जिल्लाभरका १ सय ५० जना विद्यार्थीहरुलाई सामग्री वितरण गरेको हो ।

एक कार्यक्रमको आयोजना गरी धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद बुर्लाकोटीले कापी, कलम, व्याग, विद्यालय डे«स लगायतका शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् ।

अपाङगता भएका विद्यार्थीहरुलाई विद्यालयमा निरन्तर रुपमा टिकाइ राख्नका लागि सिआरसीले हरेक वर्ष शैक्षिक सामग्री प्रदान गर्ने गरेको अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

saman-bitaran 2

कार्यक्रममा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला विकास समिति धादिङको योजना अधिकृत युवराज अर्याल, जिल्ला स्वास्थ्य कार्यलय धादिङका प्रमुख जीवनकुमार मल्ल, जिल्ला शिक्षा अधिकारी गणेश ढकाल लगायत सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, अपाङगता क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: