Thu. May 15th, 2025

युवतीको निहुँमा सेनाका हवल्दारले बर्दीका प्रहरीलाई हेल्मेट हानेपछि……..

२८ साउन, काठमाडौं– ‘यो।।।। ले बर्र्दीको प्रहरी कुट्ने रु यसलाई भित्र हाल,’ प्रहरीकै भीडमा सादा पोसाकधारीले ‘जिब्रोको गरिमा प्रकट गरिहाले । कालो टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेट बोकेका र कपाल मसिनो काटेका ती हट्टाकटट्टा युवकलाई दुई प्रहरीले समातेका थिए । उनलाई पछ्याउँदै थिइन युवती ।’
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्र्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो । बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालाहालमा परिणत भयो । बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेलमेट प्रहार गरे ।

हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौडँदै गए र पोसाकधारी प्रहरीको बचाउ गरे । प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिए । साढे तीन बजेको घटना हो यो नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्वीक रेसपोन्स भ्यान सिआरभीको सेतो जिप रोकिएको छ । एक हुल प्रहरी यताउता गरिरहेका छन ।

प्रहरीको विशेष कार्यदलको पोसाक लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए । १५ मिनेटजति प्रहरीका विभिन्न युनिटमा जानकारी दिने काम भयो । प्रहरी प्रधान कार्यलयमा आएका पाहुना त्यसै रनभुल्लमा परे । धेरै प्रहरी मुख्यालयमा रहेको त्यो रमिता हेरेर मनोरञ्जन लिइरहेको थिए ।

नेपाल प्रहरीको कुल ७२ हजार ७ सय १९ जना जनशक्तिको परिचालन केन्द्र प्रहरी प्रधान कार्यालयको मुख्य प्रवेशद्वारमा बिहीबार दिउँसोको यो घटनामा प्रहरीले घेरेर भ्यानमा बसाएका युवक नेपाली सेनाको छाउनी ब्यारेकमा तालिम लिइरहेका दोलखाका सैनिक हवल्दार जनकबहादुर तामाङ रहेछन  ।

अनुसन्धानको त्रममा आपसी लेनदेनकको विषयलाई लिएर नभई युवतीको विषयलाई लिएर यस्तो घटना भएको खुल्न आएको छ । प्रहरी स्रोतका अनुसार तामाङ र कुटाई खाने प्रहरी जवान जगन्नाथ साहू दुवैसँग निकट सम्बन्ध बनाएकी तिनै युवतीबारे बिहीबार दुई सुरक्षा निकायका जवान एकआपसमा भीडेका थिए । नागरिक दैनिकबाट ।

About The Author

अन्य समाचारहरु: