२८ साउन, धादिङ – प्रयत्नशिल सामुदायिक विकास समाज प्रयास धादिङको सामाजिक लेखा परिक्षण तथा १५ औं वार्षिक साधारणसभा शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उषा विकको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी वास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाले अहिलेसम्म गरेका कामहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रयास नेपाल धादिङले अहिलेसम्म शिक्षा, संरक्षण, जिविकोपार्जन, स्वास्थ्य, अधिकार तथा सुशासनका क्षेत्रमा रहि सामाजिक विकास अभियानमा समन्वय र सहकार्य गरि कार्य सम्पादन गरिरहेको बारेमा जानकारी गराएका थिए ।
यसैगरि संस्थाले सामुदायिक संस्था गठन तथा परिचालन गरि क्षमता विकास, भुकम्प प्रभावित नागरिकको लागि खाद्य सुरक्षा र आयआर्जनका कृयाकलापहरुमा सहजिकरण ,बालबालिकालाई विद्यालय सामग्री सहयोग, पुस्तकालय स्थापना र प्रयोगमा सहयोग, बालमैत्री कक्षा संचालन, श्रमिक बालबालिकाहरुलाई सहयोग, सिकाइ केन्द्र स्थापना, विद्यालय भवन निर्माण तथा मर्मत, खानेपानी तथा शौचालयको व्यवस्थापनमा सहयोग गरि सामाजिक विकासमा टेवा पु¥याउदै आएको जानकारी गराए ।
यसैबिच संस्थाले गरेका कार्यक्रमहरुबाट लक्षित समुदाय तथा वर्गमा परेको प्रभावकारिताको विषयमा पनि छलफल गरिएको थियो । यसैगरि आर्थिक वर्ष २०७२÷०७३ को आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।