Sat. May 17th, 2025

युवा दिवसको अवसरमा धादिङमा विभिन्न कार्यक्रम

youth day nalang२८ साउन, धादिङ – अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा सहयात्री समाज नेपालले भुमेस्थान स्नेह केन्द्रमा लैगिंक हिंसा अन्तयका लागि युवाहरुको भुमिका विषयक १ दिने कार्यशाला सम्पन गरेको छ ।

कार्यक्रममा भुमेस्थान, थाक्रे, गोगनपानी, र नौविसे गाविसका ८० जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा युवाहरुको समस्याहरुको पहिचान गरी यसको समाधानका लागि के गर्ने भन्ने उपायहरु समेत पहिल्याएका छन् । कार्यक्रमको अन्त्यमा सहभागी युवाहरुले हिंसा नगर्ने, हिंसा नसहने र भयो भने प्रतिवाद गर्ने प्रतिवद्धत्ता सहित हस्ताक्षर गरेका छन् ।

यसै गरी सहयात्री समाज नेपालको नलाङमा रहेको स्नेह केन्द्रको आयोजनामा नलाङ गाविसको ठाँटी देखि पात्ले सम्म विभिन्न नारा वोकेका प्लेकार्ड बोकेर र्याली निकालेको छ । र्यालीको अन्त्यमा कोण सभा गरी युवाहरुले लैगिंक हिंसा नगर्ने प्रतिवद्धत्ता व्यक्त गरेका छन् ।

यसै गरी त्रिपुरेश्वर गाविसमा सहयात्री समाज नेपालको आयोजनामा लैङ्गिक हिंसा न्युनिकरणमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम गृष्मा पुडासैनी, दृतिय रुपा रिजाल, तृतिय रञ्जिता अधिकारी, सान्त्वना पविता पन्त भएका थिए । विजेताहरुलाई अचने उच्च मा.विका व्यवस्थापन समितिका अध्यक्ष विदुरराज पाण्डेले पुरस्कार वितरण गरेका थिए ।

यसै गरी मूलपानी गाविसमा पनि सहयात्री समाज नेपालले समाज विकासमा पुरुषको भन्दा महिलाको भुमिका वढि हुून्छ भन्ने विषयमा वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा महेन्द्रोदय उमाविका अनिल न्यौपाने प्रथम, कमलादेवी निमावीका सोनाली थापा दितृय र महेन्द्रदोय मा.विका विकास थापा तृतिय भएका थिए ।

युवा दिवसकै अवसरमा सहयात्री समाज नेपालले आगिञ्चोक गाविसमा लैगिंक हिंसा न्युनिकरण युवाहरुको भुमिका विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा भिमउदय माविका कविता वसौला प्रथम, भिमउदय माविकै निसान पाठक दृतिय, सुन्दरी उमावि विसाल परियार तृतिय भएका थिए ।

About The Author

अन्य समाचारहरु: