३० साउन, धादिङ – सामुदायिक gवन अतित्रमण गरिएको भन्दै जिल्ला बन कार्यालय धादिङले रेडियो धादिङ १०६ मेगाहर्जको कार्यालय भत्काउने प्रयास भएको छ ।
गत २०७२ सालको भुकम्पले रेडियो संचालन हुँदै आएको घरमा क्षति पु¥याएपछि रेडियाले जिल्ला वन र क्षेत्रिय वन कार्यालयकै अनुमति लिएर निलकण्ठ ८ साँघुटारमा आफ्नै भवन निर्माण गरेर संचालन गर्दै आएको छ । जिल्ला वन कार्यालय धादिङका प्रमुखले सुनियोचित ढंगबाट रेडियो धादिङको भवन भत्काउन अघि बढेको हो ।
दिउसो करिब १२ बजे नेपाल प्रहरी र शशस्त्र प्रहरीको ठूलो टोली सहित डोजर लिएर आएका वन प्रमुखले रेडियोको भवन भत्काएरै छोड्ने धम्की दिँदै बल प्रयोग गरेर रेडियोको भवन भत्काउने प्रयास गरेको हो । रेडियो धादिङले २०७२ साल माघ २ गतेदेखि नया भवनबाट आफ्नो प्रशारण सुचारु गराउदै आएको छ । सामुदायिक वन र सामुदायिक रेडियोमा कुनै फरक नभएको र रेडियोले समुदायको हितमा काम गरिरहेकोले भवन भत्काउन नहुने भन्दै स्थानीयले भवन भत्काउन बाट जोगाएको छ ।
भवन भत्काउनबाट जोगाउनका लागि अििघ बढेका स्थानीय ठाकुर बुर्लाकोटी र हरि थापा मगरलाई प्रहरीले पक्रेको छ । यसैगरि प्रहरीले स्थानीयहरुलाई चारैपट्टीबाट बाटो छेकेर रेडियो आसपास छिर्न समेत रोक लगाएका थिए ।
रेडियो धादिङ माथि भएको आक्रमणको घटनाप्रति संचारसंस्थाका छाता संगठन तथा केन्द्रियस्तरका विभिन्न संघसंस्थाहरुले विज्ञप्ति जारी गरि भत्सर्ना गरेको छ । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराब, सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क), नेपाल पत्रकार महासंघ,ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, प्रेस चौतारी नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले संयुक्त रुपमा सामुदायिक रेडियो, रेडियो धादिङ माथि भएको आक्रमणको घटनाप्रति घोर भत्सर्ना जनाएको हो ।
समुदायको सूचनाको हकलाइ स्थापित गर्न एवं नागरिकको शसक्तिकरणका लागि समुदायको नेतृत्वमा स्थापित भई २०६४ सालवाट धादिङ जिल्ला र त्यसको आसपासलाइ लक्षित गर्दै प्रसारण सुरु गरेको रेडियो धादिङले समुदायको अधिकारलाई सम्मान गर्दै आफ्नो प्रसारणलाई केन्द्रित गरिरहदा सुनियोजित ढंगबाट आक्रमण हुनु सञ्चार माध्यममाथिको राज्यको प्रहार, नागरिकलाई सूचनाको हकबाट रोक्ने कार्यमात्र नभई वर्तमान लोकतान्त्रिक व्यवस्था माथिकै गम्भीर प्रहार भएको उल्लेख गरिएको छ ।
‘सामुदायको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको यात्रामा सामुदायिक रेडियोले खेलेको भूमिकालाई नजरअन्दाज गर्दै आतकं सिर्जना गर्ने शैलीमा राज्यनै सञ्चारमध्ययको विरुद्धमा प्रत्यक्ष उत्रनु मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय र संविधानमा समेत उल्लेख गरिएको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको समेत ठाडो उल्लंघन हो’ विज्ञप्तिमा भनिएको छ । यसरी सञ्चार माध्ययममाथि पटकपटक हुने यस्ता प्रकारका आक्रमण रोक्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउदछौ ।
रेडियो धादिङमाथि गरिएको आक्रमणप्रति घोर भ्रत्सर्ना गर्दैछौ । साथै रेडियोको भवनसँग सम्बन्धीत कुनै कानुनी सवालहरु छन् भने सम्बन्धीत पक्षहरुका वीच वार्ता र छलफलबाट समाधान निकाल्नु पर्नेमा सिधै प्रशारण अवरुद्घ गर्नु निन्दनिय कार्य हो । रेडियोको प्रशारणको निरन्तरताका निम्ति क्रियाशिल रहने क्रममा पक्राउ परेका रेडियोका सञ्चालक ठाकुर बुर्लाकोटी र हरि थापालाई तत्काल रिहा गर्न एवं रेडियो बन्द गर्ने गरी चालिएको कदम तत्काल रोक्न र निर्भयताका साथ रेडियो प्रशारणको वातावरण निर्माणका निम्ति नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।