Sat. Jul 27th, 2024

जिल्ला लिगको उपाधि योङ्ग स्टारलाइ

प्रमोद अर्याल

jilla lig

२२ पुस, बर्दघाट
अखिल नेपाल फूटवल सँघको कार्यक्रम र जिल्ला फूटवल सँघ नवलपरासीको आयोजनामा नवलपरासीमा सम्पन्न रेडबुल जिल्ला लिग फूटवल प्रतियोगिताको उपाधी योङ्ग स्टार क्लव कावासोतीले हात पारेको छ ।

मँगलबार कावासोतीको राजमन्दिर खेल मैदानमा भएको फाइलन खेलमा मनकामना फुटबल क्लब गैडाखाल सुनवललाई ट्राइवेकरमा २–० गोल अन्तरले पराजित गर्दै कावासोतीले उपाधि चुमेको हो ।

फाईनल खेलको निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन सकेन । अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा खेलाइएको थियो । मनकामनाका ४ खेलाडिले पेनाल्टी प्रहार गरेपनि कुनै पनि खेलाडिले गोल गर्न सकेनन उता योङ्ग स्टारका शक्ति परियार र संगीत परियारले गोल गरेका थिए । खेलमा योङ्ग स्टारका तीन जना खेलाडी र मनकामनाका दुई जना खेलाडीले पहेलो कार्ड पाएका थिए ।

जिल्ला फुटवल संघका अध्यक्ष प्रकाश पंगेनीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष डोलराज भण्डारीले विजयी टिमलाई पुरस्कार र ट्रफि वितरण गरेका थिए । विजयी टिमले नगद ४० हजार सहित ट्रफि र प्रमाण पत्र हात पारेको थियो । यस्तै उपविजेता मनकामनाले नगद २५ हजार सहित प्रमाण पत्रमा चित्त बुझायो । सेमिफाइनलमा प्रवेश गरेका अरुणोदय सामुदायिक विकास प्रतिष्ठान अरुणखोला र गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठानले नगद १०–१० हजार प्राप्त गरे ।

प्रतियोगिताका लिग खेलहरु गत पुष ७ गतेबाट नवलपरासीको किर्तिपुर, बर्दघाट र कावासोतीमा जिल्ला फूटवल सँघ नवलपरासीसँग आवद्ध २७ र फूटवलमा सक्रिय ५ गरी ३२ टिम विच भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: