Sat. May 24th, 2025

डा.केसीद्वारा बालुवाटारमा प्रदर्शन

8f s];Låf/f afn'jf6f/df k|bz{g lrlsT;f If]qdf ePsf] ljs[lt / a]lyltlj¿4 cf7 k6s;Dd cgzg a;L n8b} cfPsf 8f uf]ljGb s];Ln] zlgaf/ k|wfgdGqL lgjf; afn'jf6f/df pkl:ytnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

 ४ भदौ, काठमाडौँ – चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा केसीले सरकारले आफूसँग गरेका माग कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनःनवौँपटक आमरण अनशन बस्ने चेतावनी दिए । उनले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षामा सबैको पहुँच हुनुपर्ने माग गर्दै सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका सांसद सुरेन्द्र चौधरीले आफूहरु पनि भ्रष्टाचार र माफियातन्त्रको विरोधमा रहेको भन्दै डा केसीका माग जनतामुखी भएकाले संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोगसम्बन्धी छलफल गराउने प्रतिबद्धता व्यक्त गराए।

प्रदर्शनमा लेखक खगेन्द्र सङ्ग्रौलाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले क्षेत्राधिकार बाहिर गएर काम गरिरहेको भन्दै सांसदहरुले यस विषयमा आवाज नउठाउनु लोकतन्त्रमाथिकै कुठाराघात भएको धारणा राखे ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले डा गोविन्द केसीका माग सरकारले स्वीकार गरिसकेर पनि पूरा नगर्नु दुःखद भएको बताए ।

प्रदर्शनमा १०० भन्दा बढी व्यक्तिको उपस्थिति थियो । उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड, पम्प्लेटसमेत बोकेका थिए । उक्त विरोध कार्यक्रमका क्रममा निषेधित क्षेत्रमा प्रदर्शनकारी पस्नसक्ने भन्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो । –रासस

About The Author

अन्य समाचारहरु: