Sat. Jul 27th, 2024

धादिङबेसीमा प्याब्सन कप प्रतियोगीता सुरु

सरिता श्रेष्ठ

IMG_3973 copy
२४ पुस धादिङ
२५ औँ प्याब्सन दिवसको अवसरमा आयोजना गरिएको तीनदिवसीय प्याब्सन कप भलिबल प्रतियोगीता बिहीबारबाट धादिङबेसीमा सुरु भएको छ ।
प्रतियोगीताको धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बल सर्भिस गरेर र जिल्ला खेलकूद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीले सिठ्ठी फुकेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

IMG_4048 copy
उद्घाटनको छात्र तर्फको पहिलो खेलमा चिल्ड्रेनपार्क आवसीय उच्च माध्यामिक विद्यालय धादिङबेसीले सुनगाभा एकेडेमीलाई २५–१५ र २५–७ को अन्तरले जितेको थियो । त्यस्तै अर्को खेलमा एड्भान्स एकेडेमी धादिङबेसीले सरस्वती चिल्डे«नपार्क आवसीय उच्च माध्यमिक विद्यालय महादेवबेसीलाई २५–१० र २५–१२ को अन्तरले जितेको थियो । त्यसैगरी राइजिङ भिलेज वैरेनीले मुनाल एकेडेमीलाई २५–२० र २५–१२ अन्तरले जितेको थियो । राइजिङ स्टार स्कुलले सरस्वती चिल्डेनपार्क आवसीय उच्च माध्यमिक विद्यालयलाई २५–१८ र २५–१२ को अन्तरले जितेको थियो ।

IMG_4052 copyत्यसैगरी छात्रा तर्फको खेलमा मुनाल एकेडेमीले चिल्डेनपार्क आवसीय उच्च माध्यमिक विद्यालयलाई २५–१५ र २५–१७ को अन्तरले जितेको थियो । त्यस्तै द राइजिङ भिलेज वैरेनीले सुनगाभा एकेडेमी धादिङबेसीलाई २५–७ र २५–७ को सोधो अन्तरले जितेको थियो । त्यस्तै एड्भान्स एकेडेमी धादिङबेसीले सरस्वती चिल्डे«नपार्कलाई २५–२१ र २५–१९ को अन्तरले जितेको थियो ।

 

प्रतियोगीतामा धादिङ जिल्लाभरका प्याब्सनसँग आबद्ध ७ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको छ । प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्याब्सन धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

 

 

 

About The Author

Loading...

अन्य समाचारहरु: