Sat. Jul 27th, 2024

सहमति जुटाउने जिम्मा बाबुरामकै काँधमा

meeting_party_909126381

काठमाडौं – संविधानको अन्तरबस्तुमा सहमति जुटाउने जिम्मा अन्ततः डा. बाबुराम भट्टराईकै काँधमा पुगेको छ ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको शुक्रबार दिउँसो सिंहदरबारमा बसेको बैठकले सभापति डा. भट्टराईलाई नै दुई दिनभित्र सहमति जुटाउने जिम्मेवारी सुम्पेको हो ।

संविधानसभाको बिहीबारको बैठकले समितिले पेश गरेको प्रतिवेदन उसैलाई फिर्ता पठाउने निर्णय गरेपछि शुक्रबा दिउँसो समितिको बैठक बसेको हो । बैठकमा सहमतिका लागि उपसमिति बनाउने चर्चा चलेपनि अन्त्यमा सभापति भट्टराईलाई नै जिम्मेवारी दिने निर्णय भएको हो ।

बैठकले शीर्ष नेताहरुसँग छलफल गरेर पुस २७ गते विहानसम्म सहमति जुटाउन जिम्मा सभापति भट्टराईकै काँधमा सुम्पेपछि यो जिम्मेवारी पुनः शीर्ष नेताकै काँधमा पुगेको छ । बैठकले सभापति भट्टराईलाई दुई दिनभित्र सहमति जुटाएर सहमतिको प्रतिवेदन २७ गतेको बैठकमा पेश गर्ने पनि जिम्मेवारी दिएको छ ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: