Sat. May 24th, 2025

यसपालीको तीज लाग्यो बरीलाई

teejरामकुमार थापा/ भदौ १८ धादिङ– आज नेपाली नारीहरुले तीजको ब्रत बस्न शक्ति पाप्तिका लागि दर खादैछन् ।  नेपालीहरुको घर घरमा खुसि र उमंग छाईरहेको छ । चेलीबेटीहरु आफ्नो माईतीघर आउने जाने क्रममा बढीरहेको छ । एक बर्षको दुख विसाउने पर्व हो तीज । नेपाली महिलाहरु आफ्नो स्वास्थ्य एवं श्रीमानको दीर्घायुको कामनासाथ ब्रत बस्छन् ।

हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेपछि उनको व्रत पुर्ण भएर महादेवलाई श्रीमानको रुपमा पाएको दिनलाई हिन्दु नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका छन् । यही मान्यता अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एव अविवाहित महिलाहरुले सुयोग्य वर पाउँ भनी तीजको ब्रत बस्ने चलन रहँदै आएको छ । तीजमा गीत संगीतको विषेश महत्व हुन्छ ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ । तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ। संस्कारयुक्त तीज सर्वमान्य हुन्छ। तीजको दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ ।

रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। तीजमा निर्जल, निराहार व्रत बस्नुभन्दा फलफूल खाएर व्रत बस्न सकिन्छ। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वासको विकास गर्नु वान्छनीय हुन्छ। आपसी प्रेम बढाउने यो पर्वमा चौथीका दिन स्नान गरी पारायण व्रत गरेपछि खाना खानुपर्छ।

त्यस्तै तेस्रो दिन ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्। अपमार्ग लेपनले छालामा हुने एलर्जी कम गर्छ। पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात कर्कलाको तरकारीसँग खानुपर्छ। यो दिन श्रीमान्ले पकाएको भोजन खानुपर्छ, जसबाट आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास गरिन्छ । हरितालिका तीजको अवसरमा धादिङका विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको छ ।  अनलाईनको सहयोगमा तयार पारीएको ।

About The Author

अन्य समाचारहरु: