Sat. Jul 27th, 2024

संविधान ल्याउन माघ ८ उपयुक्त दिन होइन : उपराष्ट्रपति

Vice-President-Parmananda-Jha_478566246

विराटनगर – उपराष्ट्रपति परमानन्द झाले माघ ८ गने संविधान जारी गर्ने उपयुक्त दिन नभएको बताएका छन्।

माघ ८ को रटानले केही पनि हुँदैन, झाले भने, उपयुक्त समय र बेला आएपछि संविधान जारी गर्नुपर्छ । संविधान आइहाल्ने बेला भएको छैन, यो उपयुक्त समय पनि हैन, उनले भने।
धेरै परिश्रम र मेहनत गरेर ठूलो चिज बनाउनु पर्ने छ,ु उनले भने, ुराजनैतिक दलबीचमा विवाद कायमनै रहेका कारण अहिल्यै संविधान आउनेवाला छैन । झाले माघ ८ मा संविधान आउँछ भन्नुलाई बेमौसमको बालीको संज्ञा दिएका छन्।
पुसको अन्तिममा आँप खोजेर हुँदैन, उपराष्ट्रपति झाले भने, कुन फल कतिवेर फल्छ त्यतिबेर खोज्दा उपयुक्त हुन्छ।

शनिबार हुने विराट उर्जाको उद्धघाटनका लागि आएका उपराष्ट्रपति झाले शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै माघ ८ मा संविधान नआएपनि यस विषयको सहमति पत्र भने आउनु पर्ने धारणा राख्नुभएको थियो ।

उनले राजनैतिक दलप्रति लक्षित गर्दै जेठ असारमा आउनु पर्ने संविधान माघ ८ मै ल्याउँछौ भन्नु बेतुकको तर्क भएको टिप्पणी गरेका छन् । संविधान राजनैतिक दलहरुकै सहमतिमा आउने भएकाले चाँडो सहमति गरेर सहजरुपमा संविधान निर्माणको अवस्था सिर्जना गर्न उहाँको सुझाब छ ।

राजनैतिक दलहरुमा रहेको विवादका कारणपनि माघ ८ मा संविधान नआउने झाले ठोकुवा गरेका थिए । ुराजनैतिक दलहरुले सहमतिको लागि प्रयास गरिरहेका छन्, झाले भन्नुभयो, ‘सहमतिका लागि भएका बार्ता र छलफललाई विवादका रुपमा पनि नलिऔं ।’

मुलुकमा जसरी भएपनि संविधान बन्ने तर्क गर्दै उनले सवैलाई मान्य हुने संविधान आउन भने समय लाग्ने बताए। जनताले दिएको म्यान्डेड अनुसार नै अघि बढ्न उनले दलहरुलाई सुझाएका छन्।

संविधान बन्ने आशमा सवै जनता रहेको बताउँदै झाले जनताको आशलाई निराशामा परिणत नगर्न पनि आग्रह गर्नुभएको छ । माघ ८ भित्रमा संविधान दिन नसके संविधानको सहमति पत्र दिएर भएपनि जनतालाई आश्वास्त पार्न दलहरुलाई उहाँको आग्रह छ।

जनताले माघ ८ मै संविधान खोजेका छैनन्, उहाँले भन्नुभयो, तर चाँडै संविधान बनाउँछौ भनेर दलहरु बीचमा हुनु पर्ने सहमति भने खोजेका छन् ।

दलहरुबीचमा जति विवाद भएपनि जनताको आँखा भने संविधानसभामै रहेको उनले बताए। तत्काल दलहरुले सहमतिको विन्दुमा पुगेर देशलाई निकाश दिनु पर्ने उपराष्ट्रपतिको भनाइ छ।

राष्ट्रपति र उपराष्ट्रपति एउटा संस्था भएकाले एउटा न एउटा अधिकार भने दिनु पर्ने उनले तर्क छ। राष्ट्रपति र उपराष्ट्रपति व्यक्ति नभइ एउटा संस्था हो, झाले भने, कुनै न कुनै अधिकार भने संस्थालाई प्रत्यायोजन गर्नु पर्छ । संविधान बनाएर जनताको मन खुसी पारेमा आफू पद त्याग्न तयार रहेको बताउनुभयो ।
(अन्न्पूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: