Thu. May 15th, 2025

चलचित्र कालो पोथी ओस्कारका लागि छानियो

kalo_pothi_black_hen_-_h_2016२२ भदौ, धादिङ –  नेपाली चलचित्र कालो पोथी ओस्कार अवार्डका लागि मनोनित भएको छ ।

ओस्कार अवार्डको विदेशी भाषा विधाको प्रतिस्पर्धाका लागि मिनबहादुर भामले निर्देशन गरेको कालो पोथी छनौट भएको हो । कालो पोथी आउँदो ओस्कार अवार्डका लागि उत्कृष्ट विदेशी भाषाको चलचित्र विधामा नेपालको तर्फबाट नोमिनेसनमा परेको हो । चलचित्र कालो पोथी गएको वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट चलचित्र घोषित भएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइएको चलचित्र कालो पोथी नेपालमा भने गएको जेठमा प्रदर्शनमा आएको थियो । चलचित्रमा दुई स्कुले छात्रको कथा समेटिएको छ । पश्चिम नेपालको मुगुको सेरोफेरो र त्यहीँको खस भाषा नै चलचित्रमा प्रयोग भएको छ ।

चलचित्रमा खड्गराज नेपाली र शुक्रराज रोकाया मुख्य भूमिकामा छन् ।

About The Author

अन्य समाचारहरु: