Sat. Jul 27th, 2024

धादिङ तारामा ठगिएपछि……… गित निकालिदिने भन्दै ठगी

धादिङ 

DSC06591.psd

एक वर्ष अघि धादिङ तारा घोषित हुँदा आकाश चेपाङलाई निकै गर्भ थियो । साथीसंगी घरपरिवार आफन्तजन सबैको बधाई पात्र बनेका थिए । भन्थे, ‘अब बल्ल मेरो सपना पुरा हुने भयो ।’ तर अहिले फेरी आकाशको आशा निराशामा परिणत हुन पुगेको छ ।

सिग्रीन मिडिया हाउस काठमाडौंले आयोजना गरेको एकल गायन प्रतिस्पर्धाबाट धादिङ तारा २०७० घोषित भएको बेला आयोजकले गरेको प्रतिवद्धता पुरा नभएरेपछि आकाशको गीत गाउने धोको अपुरै बनेको हो । प्रतियोगिता समापन कार्यक्रममा आयोजकबाट घोषणा गरिएको म्युजिक भिडियोमा लगानी गरिदिने प्रतिवद्धता पुरा नभएपछि आयोजकबाटै आफु ठगिएको आकाशले गुनासो गरेका छन् ।

शान्तिका लागि संगित भन्ने नारा सहित २०७० चैतमा धादिङबेसीमा आयोजना गरिएको एकल गायन प्रतियोगिताको लोकगीत तर्फबाट धादिङ धुषाका आकाश चेपाङ धादिङ तारा २०७० घोषित भएका थिए । धादिङ तारा बनेको बेला गीत निकालिदिने बाचा गर्ने सिग्रिन मिडिया हाउसका निर्देशक भनिएका सिसन तामाङले आफुलाई झुक्याएर सक्पर्क बाहिर बसेको आकाशले बताएका छन् । घोषणा भएको ९ महिना वितिसक्दा समेत म्युजिक भिडियो निकालिदिने मिडिया हाउसका संचालकलाई भेट्न नपाएको आकाशले सामाजिक सञ्जाल फेसबुक मार्फत गुनासो गरेका छन् ।

aakash

 

धादिङ तारा २०७० को नामबाट छुट्टाछुट्टै दुईविधामा आयोजना भएको एकल गायन प्रतिस्पर्धाको आधुनिक विधा तर्फबाटको उपाधी विजेता धनबहादुर गुरुङले पनि अहिलेसम्म सिग्रिन मिडिया हाउसलाई सम्पर्क गर्न सकेका छैनन् ।

अहिलेसम्म मिडिया हाउसको ठेगाना समेत पत्ता लगाउन नसकेको र निर्देशक तामाङले सम्पर्कका लागि दिएको मोबाइल नम्बर डेढ महिनादेखि प्रयोगमा नै नआएकोले मिडिया हाउसले आफुहरुलाई ठगि गरेर भागेको आकाश र धनबहादुरको ठम्याइ छ ।

सम्पर्कमा रहदाको समयमा पनि सिसनले पटक पटक आफुहरुलाई गीत रेकर्ड गर्ने समय सारेको उनीहरुको बताएका छन् । आकाशले फेसबुकमा लेखेका छन्, ‘पहिलो हप्ता गित रेकर्ड हुन्छ भन्नुभएको थियो । त्यतिबेला नभएपछि साउनको दोर्सो हप्ता सारियो त्यो पनि भएन । भादौको अन्तिम हप्ता भन्यो त्यो पनि भएन । दशै र तिहार बिचमा भन्यो त्यो पनि भएन ।’ ‘सिसन तामाङ दाइले जति समय माग्नु भयो त्यति समय पर्खिएर बस्यौ अहिलेसमेत सम्पर्कमा नै हुनुहुन्न’ आकाशले आक्रोस पोखेका छन् ।

aaksh 2

 

सिग्रीन मिडिया हाउस काठमाडौंको आयोजनामा भएको प्रतियागितामा वरिष्ठ संगितकार एवं गायक शुरेश अधिकारी, वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा र संगितकार एवं गायक लालकाजी श्रेष्ठले निर्णय गरेका थिए ।

सिसनले गितको प्रकृया अघि बढाउन भनेपछि गीत बजारमा ल्याउनका लागि लय, शब्द, एरेन्ज, तयार भइसकेको आकाशको भनाई छ । तर पैसा तिरिदिने मान्छे सम्पर्कमा नआउँदा म समस्यामा परेको उनले गुनासो गरेका छन् । चिनजानको दाइ राजेन्द्र चेपाङको सहयोगमा मंसिर पहिलो साता नै गितको ट्रयाक समेत तयार पारेका छन् । सिसनकै कारण गितको भोकल हाल्ने समय स्थगित गरेर बसिरहेको आकाशले बताएका छन् ।
अहिले आकाश भन्छन्, –‘ धादिङ तारा घोषित भएको ९ महिना पुग्यो अब कतिदिन पर्खने ? सिसन भन्ने मान्छे कहाँ छ भेट्न सकिन । धादिङ तारा बन्ने बेला मलाई सहयोग गर्ने साथीहरुले गीत आयो भनेर सोध्छन् मैले दिने जवाफ म संग छैन । सिसनकै कारण साथीहरु भेट्दा समेत खिन्न लाग्ने आकाश बताउँछन् ।

धादिङ तारा २०७० को उपाधी विजेदा आकाश चेपाङ र धनबहादुर गुरुङको मात्र होइन प्रतियोगीताको उत्कृष्ट ५ मा पर्नेहरुलाई पनि एक÷एक ओटा गीत निकाल्न लाग्ने खर्च वेहोर्ने बताएका थिए । तर अहिलेसम्म कुनै पनि पहल नभएको विजेताहरुले बताएका छन् ।

सिसनले प्रतियोगिता आयोजना भइरहेको बेला एसएमएस र विभिन्न टिकेटबाट पनि थुप्रै पैसा उठाएर हिँडेको प्रतियोगितामा सहभागीहरुको भनाइ छ ।

About The Author

Loading...

अन्य समाचारहरु: