Sat. Jul 27th, 2024

क्षेत्रिय तेक्वान्दोमा रुपन्देही प्रथम

tekando

प्रमोद अर्याल
२६ पुष, बर्दघाट 

नेपाल राष्ट्रिय तेक्वान्दो युनियनको आयोजनामा नवलपरासीको शहिद स्मृति रँगशाला भूमहिको कभर्ड हलमा चौथो पश्चिमाञ्चल स्तरिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

नवलपरासीको रामनगर स्थित कभर्डहलमा भएको प्रतियोगितामा पश्चिमाञ्चल अन्तर्गतका ७ जिल्लाका ९५ खेलाडिको सहभागिता रहेको थियो । सहभागी खेलाडिहरुले कुल १८ स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिष्प्रर्धा गरेका थिए । प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र १ काश्य पदक सहित रुपन्देही प्रथम भएको छ यस्तै ६ स्वर्ण, १ रजत र १ काश्य सहित नवलपरासी द्धितिय र ३ स्वर्ण, १ रजत र ४ काश्य सहित पर्वत तृतिय भएको छ । वेष्ट फाइटर पुरुषमा रुपन्देहिका जोडन विक्रम श्रेष्ठ र महिलामा नवलपरासीकी दिना तामाङ्ग घोषित भइन । विजयी खेलाडिहरुलाई जिल्ला अदालत नवलपरासीका माननिय न्यायधिश गिरीराज गौतमले पुरस्कार तथा पदक प्रदान गर्नुभएको थियो ।

सोहि अवसरमा खेलक्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै बुटवल टुडे दैनिकका खेल सम्बाददाता प्रमोद अर्याल, जिल्ला फूटवल सँघ नवलपरासीका अध्यक्ष प्रकाश पँगेनी, जिल्ला क्रिकेट सँघ नवलपरासीका अध्यक्ष कृष्ण श्रेष्ठ र जिल्ला तेक्वान्दो युनियन नवलपरासीका अध्यक्ष धर्मेन्द्र अग्रहरीलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

आगामी माघको दोश्रो सातास्वर्गिय त्रिलोक सुब्बाको स्मृतिमा सुनसरीमा हुने अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि खेलाडि छनौट गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको नेपाल राष्ट्रिय तेक्वान्दो युनियनका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिनुभयो । आगामी माघको पहिलो साता छनौट भएका खेलाडिविच राष्ट्रिय प्रतियोगिता सँचालन गर्ने र विजेताले राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तरााष्ट्रिय स्पर्धामा भाग लिने श्रेष्ठले बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: