Fri. Jul 4th, 2025

धादिङका २ हजार ३ सय ६२ बालबालिका जोखिममा

अस्मिता खतिवडा/२९ भदौ, धादिङ – २०७२ साल बैशाख १२ गतेको भुकम्पमा परि धादिङमा जम्मा २ सय ३८ जना बालबालिकाले ज्यान गुमाएका थिए ।

childd
फाइल फोटो

जिल्ला प्रहरी कार्यलय धादिङका अनुसार ज्यान गुमाऊने बालबालिका मध्ये १ सय २० जना बालक र १ सय १८ जना बालिका छन् । त्यस्तै जिल्लाका २० बालबालिकाले भुकम्पका कारण आमाबुबा दुवै गुमाएका थिए भने ६७ जनाले आमा मात्रै र ३७ जनाले बुबा मात्रै गुमाउनु परेको थियो ।

त्यसैगरी जिल्ला बाल कल्याण समिती धादिङको तथ्याङ अनुसार जिल्लाका २ हजार ३ सय ६२ जना बालबालिका भुकम्प पश्चात जोखिममा परेका छन् । जसमा १ हजार २ सय ११ बालक र १ हजार १ सय ५१ बालिका छन् । यसरी जोखिममा रहेका बालबालिका मध्ये हाल सम्म ५ सय ९४ बालक र ५ सय ९१ बालिका सहित जम्मा १ हजार १ सय ८५ बालबालिकाले आपतकालिन सहयोग पाएका छन् ।

आपतकालिन शैक्षिक सहयोग र आपतकालिन संरक्षण सहयोग गरि छुट्टाछुट्टै रुपमा सहयोग उपलब्ध गराइएको जिल्ला बाल कल्याण समिती धादिङका बाल कल्याण अधिकृत हरि उप्रेतीले बताए । धादिङ जिल्लाको कुल जनसङ्ख्या मध्ये ४६ दशमलब १० प्रतिशत बालबालिका रहेका छन् ।

About The Author

अन्य समाचारहरु: