Sat. Jul 27th, 2024

नृत्यमा धादिङ आवसीय प्रथम

papsan

२७ पुस धादिङ
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल ऐन प्याव्सनको वार्षिक उत्सवको अवसरमा आइतबार धादिङबेसीमा आयोजित प्राथमिक विद्यालय स्तरीय समूह नृत्य प्रतियोगितामा धादिङ आवासीय उच्च माध्यामिक विद्यालयको समूह पहिलो भएको छ ।

मेरो हातमा खुकुरी, उनको हातमा झण्डा भन्ने गीतमा नृत्य गरेका धादिङ आवासीयका विद्यार्थीहरुको नृत्यमा सबैजना उत्साहित भएका थिए प्रतियोगितामा धादिङबेसीमा रहेको न्यू धादिङ बोर्डिङ स्कुल द्धितीय, न्यू किबो बोर्डिङ स्कुल तृतीय र घाटवेसीमा रहेको नेचर स्माइल बोर्डिङ स्कुल सान्वना भएको छ । विजयी बाल कलाकारहरुलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार र २ हजार नगद सहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा सबैभन्दा राम्रो नृत्य देखाउनुहुने न्यु किबो बोर्डिङ स्कुलको कक्षा ३ मा पढ्ने पूर्णिमा केशीलाई पनि एक हजार रुपैया सहित सम्मान गरिएको छ । प्राथमिक विद्यालय तहमा पढ्दै गरेका बाल कलाकारहरुले देशभक्तिपूर्ण स्वदेशनहरुमा नृत्य गरेका थिए । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल ऐन प्याव्सन धादिङको आयोजनामा भएको नृत्य प्रतियोगितामा विभिन्न विद्यालयका १० ओटा समूहको सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसरमा एन प्याव्सनसंग सम्बन्धित विद्यालयमा अध्यापन गराउने शिक्षक मध्ये उत्कृष्ट छानिनुभएका सनराइज इङ्लिस बोर्डिङ स्कुल साँखुकी मिरा भुजेल र मिलन बालबाटिका बोर्डिङ स्कुल ढोलाका सरोज दुवाडीलाई पनि सम्मान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: