Sat. Jul 27th, 2024

क्रिस्टियानो रोनाल्डो तेस्रो पटक फिफा विश्व वर्ष खेलाडी

Roanaldo_878171505

काठमाडौं

रियाल मड्रिडका पोर्चुगिज स्ट्राईकर क्रिस्टियानो रोनाल्डो यो वर्षको फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । विश्व विजेता जर्मनीका म्यानुअन नुयेर र उपविजेता अर्जेन्टिनामा लियोनले मेस्सीलाई पछि पार्दै रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेका हुन् ।
विश्वकप फुटबलमा फ्लप सावित रोनाल्डो क्लब फुटबल प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उपाधि जितेका हुन् । रोनाल्डोले गत सिजनामा स्पेनिस क्लब रियाल मड्रिडलाई च्याम्पियन्स लिगसहितका उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । यसअघि उनी सन् २००८ र २०१३ मा पनि फिफा वर्ष खेलाडी बनेका थिए ।

स्वीटजरल्यान्डको ज्युरिचमा सम्पन्न वर्ष खेलाडी घोषणा कार्यक्रममा रोनाल्डो बार्सिलोनाका अर्जेन्टाइन स्ट्राईकर लियोनले मेस्सी र विश्व विजेता जर्मनीका गोल रक्षक म्यानुअल नुयोरलाई पछि पार्दै वर्ष खेलाडी बन्न सफल भएका हुन् ।

रोनाल्डोले यो सहित तीन पटक वर्ष खेलाडीको उपाधि जितिसकेका छन् । यसअघि लियोनेल मेस्सीले लगातार चार पटक वर्ष खेलाडीको उपाधि जितेका थिए ।

वर्षभरी उत्कृष्ट गोल गर्ने खेलाडीलाई प्रदान गरिने फिफा पुस्कस अवार्ड कोलम्बियाका जेम्स रोड्रिग्वेजले जित्न सफल भएका छन् । उनले नेदरल्यान्ड्सका रोविन भान पर्सी सहितलाई पछि पार्दै सो उपाधि जितेका हुन् ।

उनले सन् ब्राजिलमा सम्पन्न विश्कपका क्रममा उरुग्वेविरुद्ध गरेको गोल उत्कृष्ट ठहरिएको थियो

त्यसैगरी उत्कृष्ट प्रशिक्षकको अवार्ड विश्व विजेत जर्मनीका प्रशिक्षक जोचिम लोले हात पारे । फाइलनमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनीका प्रशिक्षक लोउले उपाधिका जित्ने क्रममा रियल मड्रिडका प्रशिक्षक कार्लो एन्टेलोटी र एट्लेटिको मड्रिडका प्रशिक्षक डियगो सिमियोनेले पछारे ।

त्यसैगरी फिफा महिला वर्ष खेलाडीको उपाधि जर्मनकी नदिन केस्लरले जित्न सफल भएकी छन् । त्यसैगरी जर्मनीको उल्फवस्र्ग क्लबकी प्रशिक्षक प्रशिक्षक राल्फ केलेरम्यान उत्कृष्ट महिला प्रशिक्षक घोषित भइन् ।

फिफा प्रेसिडेन्सियल अवार्डको उपाधि जापानी पत्रकार हिरोसी कागावाले जितेका छन् । त्यसैगरी फिफा फेयर प्ले अवार्डको उपाधि फिफा भोलेन्टियर्सलाई दिइएको छ ।

फिफा टिम अफ दि इयरमा रक्षक तर्फ फिलिप लाहाम, डेभिड लुइज, थियागो सिल्भा र सर्जियो रामोस पर्न सफल भएका छन् ।

त्यसैगरी मिडफिल्डरतर्फ आन्द्रेस इनिएस्टा, टोनी क्रुस र एन्जेल डि मारिया छनोट भएका छन् । फर्वार्डतर्फ आर्जेन रोबिन, क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी परेका छन् । गोल रक्षकमा म्यानुअल नुयरे परेका छन् ।
(अन्न्पूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: