Sat. Jul 5th, 2025

नाथ्रि फुट्नुको ५ कारण जान्नुहोस्

 nak

६ असोज, धादिङ–कहिलेकाहीँ नसोचेको हुन्छ, विनाकारण नाकबाट रगत चुहिन्छ । नाकबाट एक्कासि रगत आएपछि सामान्यतः नाथ्री फुटेको भनेर सोच्न पुग्छौँ । शरीर खरो भएर नाथ्री फुटेको अनुमान लगाउँछौँ । माथि हेरेर हातले नाक केही बेर छोपेपछि रगत आउन छोड्छ । तर, कसैकसैलाई समस्या भई नै रहन्छ । आखिर किन आउँछ नाकबाट रगत रु यसका पछाडि के–के कारण होलान् रु नाक, कान, घाँटीरोग विशेषज्ञ प्रा।डा। लालकिशोर यादव भन्छन । रगत बग्ने कारण

१. नाकबाट रगत बग्ने समस्या प्रायः गर्मीमा हुने गर्छ । तर, अन्य समयमा पनि समस्या ननिम्तिने भने होइन । गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन । कतिपय साना नलीहरू आफै फुट्छन र त्यहाँबाट रगत आउँछ ।

२.  कुनै चिज नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ ।

३. रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई नाकमा घाउ हुँदा पनि रगत आउन सक्छ । नाकमा ट्युमर (मासु पलाउने) भएमा पनि नाकबाट रगत आउँछ ।

४. रगतमा हुनुपर्ने प्लेटलेटको कमी हुँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ ।

५. रक्तजन्य रोगहरू हुँदा होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ । मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ ।

About The Author

अन्य समाचारहरु: