Sat. Jul 27th, 2024

बस र ट्रक ठोक्किदा १५ यात्रु घाइते

३० पुस, धादिङ
धादिङको नौविसे गाविस वडा नम्बर ४ झ्याप्ले खोला नजिक बस र ट्रक आपसमा ठोक्किदा १५ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट चितवन तर्फ जादैँ गरेको बा ३ ख २३०० नम्बरको यात्रुबाहक बस र चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख ५१२५ नम्बरको ट्रक पृथ्वी राजमार्ग अन्र्तगत झ्यापले खोला नजिक ठोक्किएर दुघृटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका मध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाइते सबैजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनामा परेका दुबै सवारी र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै सवारी तीव्र गतिमा रहेकोले अनियन्त्रीत भएर दुर्घटना भएको प्हरकिो भनाइ छ ।

यसैबीच मंगलबार राती पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाँउ विकास समिति वडा नं १ चालिसेमा गाडीको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

अन टेस्ट नम्वरको ना अ १२४५ नम्बरको गाडीको ठक्करबाट दैलेख ल्याटिविन्दा शैनी गाँउ विकास समिति घर भई हाल गजुरीमा कोठा गरी बस्ने टेक प्रसाद चौलागाईको मृत्यु भएको हो ।

ठक्कर दिने गाडीका चालक फरार रहेकोले खोजी कार्य जारी राखिएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: