Sat. Jul 27th, 2024

सभाषदलाई नुन, तेल, चामल, सहमति नजुटेसम्म भित्रै पकाएर खान सुझाव

IMG_4696
पत्रकारहरुले पठाएको खाद्यन्न सामग्री ग्रहण गर्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुली

२ माघ,  धादिङ  
संविधान निर्माण गर्ने भनिएको माघ ८ गते आउन ६ दिन बाँकी रहँदा समयमै संविधान जारी गर्न दबाब स्वरुप धादिङका पत्रकारहरुले संविधानसभाका सदस्यहरुलाई सांकेतिक रुपमा खाद्यन्न सामाग्री पठाएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङ र प्रेस युनियन जिल्ला शाखा धादिङको अगुवाइमा जिल्लामा क्रियाशिल पत्रकारहरुले खानका लागि नुन, तेल, चामल र संविधान लेख्नका कलम र डायरी पठाएका हुन् ।

संविधान सभामा गई रातदिन खटेर नयाँ संविधान निर्माणमा जुटेका सभासदहरुलाई दबाब दिन जिल्ला प्रशासन कार्यलय मार्फत संविधान निर्माणमा जुटेका  सभासदहरुलाई सांकेतिक रुपमा खबरदारी गर्न यस्ता सामग्रीहरु पठाइएको प्रेस चौतारी धादिङका अध्यक्ष नारायणचन्द्र सुवेदीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यलय धादिङको गेट अगाडि खाद्यन्न सामग्रीसहित सामुहिक फोटो खिचाउदै धादिङका पत्रकारहरु
जिल्ला प्रशासन कार्यलय धादिङको गेट अगाडि खाद्यन्न सामग्रीसहित सामुहिक फोटो खिचाउदै धादिङका पत्रकारहरु

विवादित विषयमा सभाषदहरुले दलगत अडान अनुसारको विभाजित धारणा राखिरहँदा भोक लागेको बेला पनि भित्रै बसेर खान सुझाउदै समयमै संविधान जारी गर्न दवाव सुरु गरिएको प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले बताउनुभयो ।

पत्रकारहरुले उठाएको खाद्यान्न सामग्री बुझ्नुहुँदै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले पत्रकारहरुले दिएको उपहारले संविधानसभाका सदस्यहरुलाई संविधान निर्माण गर्न दवाव पुग्ने भएकाले पत्रकारले दिएको खाद्यन्न सामग्री जतिसक्दो छिटो संविधान सभामा पठाउने बताउनुभयो ।

विवादित विषयमा कुरा नमिलेसम्म संविधानसभा भवनभित्रै बसेर पकाएर खान पत्रकारहरुले सुझाएका छन् । नुन, तेल, चामल सहित कलम र डाइरीे बोकेका पत्रकारहरुले धादिङबेसीमा ¥याली समेत गरेका थिए ।

 

About The Author

Loading...

अन्य समाचारहरु: