३ कात्तिक, चितवन –
स्क्रब टाइफसबाट देशभरमा गरी ६ महिनामा ९ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ ।
विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ ।
चितवनसहित नवलपरासी, कपिलवस्तु, मकवानपुर जिल्लामा समेत डेङ्गु देखिएको छ । डेङ्गु र स्क्रब टाइफस रोगबाट चितवन जिल्लामा मात्रै पाँच सय २६ जना सङ्क्रमित भएका छन् । बाँकी एक सय पाँचजना मात्रै अन्य जिल्लाका अस्पतालमा उपचार गरिएका बिरामी हुन् जसमा डेङ्गुका २७ र स्क्रब टाइफसका ७८ जना चितवनबाहिर रोग पुष्टि भएका बिरामी छन् । अरू सबै चितवनमा पुष्टि भएका बिरामी हुन् ।