Sun. Feb 9th, 2025

न्यानो कपडा पाएपछि नाचे चेपाङ

1

शंकर श्रेष्ठ, धादिङ  । दक्षिणी धादिङको जोगिमारा स्थित पिपलडाँडा आसपासका चेपाङ समुदायमा शनिबार खुसीको सीमा रहेन । माघ महिनाको चिसो ठण्डीमा एक सरो कमिज र कछाड बेरेर कार्यक्रम स्थल आइपुगेका बृद्धबृद्धाहरुले समेत नाचेरै देखाए ।
जाडोमा ओड्ने कम्मल र लगाउने कमिज पाएपछि उनीहरुमा खुसी छाएको हो । अगेनामा आगो बालेर अगेनाकै छेउमा सुतेर रात विताउनुपर्ने बाध्यताका चेपाङ समुदायलाई नविनतम नेपालको समाज नामक गैर सरकारी सस्थाले न्यानो कपडा उपलब्ध गराएको हो ।

2

सस्थाले जोगिमारा र धुषाका ८१ घरपरिवार चेपाङलाई सिरक, कम्मल लगायत लगाउने कपडा सहयोग गरेको छ । ‘हामी नेपाली एक ढिक्का सहयोगका लागि एक सिक्का’ अभियान संचालन गरी राजधानीको सडक र गल्लीहरुमा सर्वसाधारणसंग संकलन गरेको सहयोगले गरिब विपन्न चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

 

शनिवार जोगिमारा गाविसको पिपलडाँडामा एक कार्यक्रमको आयोजना गरी स्थानीय ८१ घर परिवारका ४० जना अति विपन्न जेष्ठ नागरिकलाई कम्वल र अन्य २ सय ९ जना महिला पुरुषका लागि छुट्टाछुट्टै कपडाहरु बितरण गरिएको छ । देशमा विखण्डन र एकताको स्वर चर्किरहेको बेला सिर्जनात्मक काम गर्ने उद्देश्यले यस्तो अभियान थालिएको संस्थाका कार्यक्रम संयोजक भोला तिमिल्सिनाले बताउनुभयो ।
दाताहरुले जाडोमा ओढ्ने र लगाउने न्यानो कपडा दिएपछि चिसोका कारण कष्टकर जिवन गुजार्दै आएका चेपाङहरु खुसी भएका छन् । नौलो मान्छे देख्दा डराएर भाग्ने चेपाङहरुले कपडा लिएर गाउँ पुगेका दाताहरुलाई नाचेर स्वागत गरेका थिए । 7

4

 यस्तो थियो युवाहरुको काठमाण्डौमा भएको सहयोग संकलन अभियान

yasto thiyo Ubaharuko sahayog sankaln Aviyan

फोटो शौजन्य ः भोला तिमिल्सिना/केशव अधिकारी

About The Author

अन्य समाचारहरु: