Sat. Jul 5th, 2025

‘परदेशीको उमङ्ग’ र ‘राधा’ आजबाट एकैसाथ प्रदर्शनमा आउँदै

 radha-300x200

१२ कात्तिक काठकाण्डौ–  आजबाट परदेशीको उमङ्ग’ र ‘राधा’ आजबाट एकैसाथ प्रदर्शनमा आउँदै छ ।
शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित रहेका छन् । यसअघि निर्देशक शर्मा लामो समयदेखि नृत्य निर्देशक पेसामा आबद्ध थिए ।

त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम कथामा आधारित चलचित्र रहेका छन् । यो चलचित्रमा केहीकेही हास्य रस पनि समावेश गरिएको छ ।

‘राधा’मा प्रेम कथालाई मुख्य विषय बनाएको भए पनि नेपाली नारीको सङ्घर्ष र पीडालाई पनि समावेश गरिएको निर्देशक घिमिरेले बताउनुभयो । चलचित्रको कथा भने प्रदीप भारद्ववाजले लेखेका छन् ।

‘परदेशीको उमङ्ग’को करिब ८० प्रतिशत छायाङ्कन संयुक्त अरब इमिरेट्सको दुबई र बाँकी काठमाडौंँ, बाग्लुङ र गुल्मीमा गरिएको छ ।     चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीतको साथमा भारतीय गायक नाकाश अजिजको समेत पाश्र्व गायन छ ।

About The Author

अन्य समाचारहरु: