Sat. Jul 27th, 2024

बन्द सफल पार्न मसाल जुलुस

५ माघ, धादिङ
एकिकृत नेकपा माओवादी सहितको ३० दलीय मोर्चाले सदरमुकाम धादिङबेसीमा मसाल जुलुस निकालेको छ ।

मोर्चाले मंगलबार आव्हान गरेको बन्द सफल पार्न दवाव स्वरुप निकालेको जुलुसको मसाल प्रहरीले खोेसेको छ । सदरमुकाम धादिङ स्थित सिरानबजारबाट सुरु भएको जुलुसको मसाल प्रहरीले खोसेपछि जुलुसमा सहभागी बन्दकर्ताहरुले स्थानीय प्रशासनकै विरुद्धमा नाराबाजी गरेका छन् ।

प्रहरीले मसाल खोस्ने क्रममा दुई जना प्रहरी सहित १२ जना भन्दा धेरै बन्दकर्ता सामान्य घाइते भएका छन् । देशका दशौ स्थानमा विनारोकतोक जुलुस र ¥याली भइरहेको भएपनि धादिङमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बन्दकर्ताहरुले निन्दा गरेका छन् । सिरानबजारबाट सुरु भएको निस्केको जुलुस पुछारबजारमा आएर कोणसभामा परिणत भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: