Sat. Jul 27th, 2024

मध्‍यरातमा संविधानसभा यसरी बन्यो रणभूमि

काठमाडौं

एमाओवादीसहितको विपक्षी गठबन्धन सोमबार मध्यरात सुरु भएको संविधानसभा बैठकमा हुलदंगा गर्दै तोडफोडमा ओर्लिएपछि संविधान बनाउन जनताले चुनेका प्रतिनिधिको थलो रणभूमिमा परिणत भएको छ।

निर्धारित समयभन्दा १२ घन्टा ढिलो सुरु भएको बैठकमा विवादित विषयलाई मतदान प्रक्रियामा लैजान प्रश्नावली समिति प्रस्ताव गर्न खोज्दा विपक्षी १९ दलीय गठबन्धनका सभासद्हरू रोस्ट्रम घेराउ गर्दै तोडफोडमा उत्रिएका थिए।

सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रश्नावली समिति गठन प्रस्ताव गर्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई समय दिनेबित्तिकै एमाओवादी सभासद्हरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए। केही सभासद्हरू मर्यादापालकलाई लछारपछार गर्दै सभाध्यक्ष आसनतिर गएका थिए। अन्य सभासद्हरूले कुर्सी तोडफोड गर्दै सभाध्यक्षतिर मोबाइल, जुत्ता र माइक प्रहार गरेका थिए।

एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष विद्या भण्डारीलाई विपक्षी सभासद्ले प्रहार गरेको माइकले लागेको थियो। केही सभासद् रोस्ट्रममाथि चढ्न खोजेपछि सभासद् र मर्यादापालकबीच लुछालुछ भएको थियो।

बैठकअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रक्रियामा जान खोजिए प्रतिकारमा उत्रिन १९ दलीय मोर्चाका सभासद्हरूलाई निर्देशन दिएको स्रोतले बतायो।
विपक्षी गठबन्धनले आफू बस्ने अधिकांश कुर्सी तोडफोड गरेका छन्। उनीहरूले कुर्सीलाई टाउकोमाथि उठाएर भुइँमा बजार्दै बैठक कक्षलाई भिडन्तस्थल झल्को दिलाएका थिए।

मर्यादापालकले रोक्ने कोसिस गरे पनि सभासद्हरूले आफैं बसेको कुर्सीमाथि उफ्रिँदै भाँचेका थिए। केही सभासद्हरूले रोक्ने कोसिस गरे पनि अधिकांश सभासद्हरू तोडफोडमा ओर्लिएका थिए। सभाध्यक्षको आसनअगाडिको टेलिभिजन पनि फुटाइएको छ।

बाहिरिने क्रममा पनि केही सभासद्ले पानीका बोतलले संविधानसभा भवनका भित्तामा हानेका थिए। घटनामा पाँच मर्यादापालक घाइते भएको संसद् सचिवालयले जनाएको छ। मर्यादापालक सुनिता सुब्बाको हात भाँच्चिएको छ भने चरित्र तिवारीको टाउकोमा गम्भीर चोट लागेको छ। एमाओवादीका जनार्दन शर्मालाई पनि सामान्य चोट लागेको छ।

विपक्षी सभासद्‍ले कुर्सीलाई टाउँकोमाथि उठाएर भुँइमा बजार्दै बैठक बक्षलाई भिडन्तस्थलको झल्को दिएका थिए। मर्यादापालकले रोक्‍ने कोसिस गरे पनि सभादस्‌हरुले आफैले बसेको कुर्सीमाथि उफ्रिदै भाँचेका थिए। केही सभासद्‌हरुले रोक्‍ने कोसिस गरे पनि अधिकांश सभासद्‌हरु तोडफोडमा ओर्लिएका थिए।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बैठककक्षमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको बताए। एमाओवादीलगायत विपक्षी बस्ने ६ वटा लाइनका सबै कुर्सी, टेबुल र माइक तोडफोड भएका छन्, भट्टराईले भने, अन्य केकति क्षति भएको छ, संकलन भइरहेको छ।

कांग्रेस-एमालेलगायत सत्तापक्षले विवादित विषय टुंग्याउन प्रश्नावली समिति गठन हुनुपर्ने अडान लिएका थिए। कार्यव्यवस्था परामर्श समितिको बैठकमा १९ दलीय मोर्चाका सभासद्हरूले लामोलामो बोल्दै प्रक्रियामा गए प्रतिकार गर्ने चेतावनी दिएका थिए।

सभाध्यक्ष नेम्बाङले सहमति हुन नसकेका विषय प्रश्नावलीका रूपमा तयार पार्न विशेष समिति गठन गर्न लागेको भन्दै त्यसका लागि नाम दिन दलहरूसँग आग्रह गरेका थिए।

एमाओवादी मोर्चाबाहेकका अन्य दलले दिएको नामअनुसार प्रश्नावली समिति बनाउन सभाध्यक्षले प्रयास गरेका थिए।

संविधानसभा बैठक निकै तनावपूर्ण भएपछि सभाध्यक्ष नेम्बाङले संविधानसभा बैठक मंगलबारसम्म स्थगित गरे। बैठक स्थगित भएपछि पनि विपक्षी गठबन्धनका सभासद्हरूले तोडफोड गरेका थिए।

उनीहरूले संविधानसभाबाहिर पनि ुसंविधानसभाका दलाल मुर्दाबाद, संविधानसभा निजीकरण गर्न पाइँदैनु भन्दै नाराबाजी गरेका थिए। केही सभासद्हरूले सभाध्यक्षविरुद्ध चर्को गाली गरेका थिए।

त्यसअघि बैठकमा सभाध्यक्ष नेम्बाङले संवाद समितिलाई प्रश्नावली बनाउन दुईपटक मौका दिइए पनि त्यसको पालना नभएपछि संविधानसभा नियमावलीको नियम ९१ अनुसार समिति गठन गर्न लागेको घोषणा बैठकमा गरेका थिए। उक्त समिति ७३ सदस्यीय बनाउन खोजिएको थियो।

विपक्षीको तोडफोडप्रति सत्तापक्षका नेताहरूले कडा टिप्पणी गरेका छन्। यो ताण्डव नृत्य होु, एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, ुयसलाई लोकतान्त्रिक संस्कार मान्न सकिँदैन। सभाध्यक्ष नेम्बाङले उक्त घटनाको जति भत्र्सना गरे पनि नपुग्ने बताए।

उपप्रधान एवं गृहमन्त्री वामेदव गौतमले यसलाई जंगली राजको नमुना भएको टिप्पणी गरेका छन्। संविधानसभा भत्काउनु भनेको लोकतन्त्र र लोकतान्त्रिक उपलब्धि अन्त्य गर्नु होु, उनले भने। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले क्रान्तिका नाममा लोकतन्त्र, राष्ट्र र जनताको अपमान भएको उल्लेख गरेका छन्।

यसअघि संवाद समितिको प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा सभापति डा। बाबुराम भट्टराईले संवाद समितिको नसकेको काम अरूले गर्न नसक्ने भन्दै प्रश्नावली समिति गठनको विरोध जनाएका थिए।

प्रश्नावली समिति गठन गर्नु भनेको कहिल्यै मिल्न नदिने, आफैं समाप्त हुने महान् भूल हुनेछु, भट्टराईले भने, यसले संविधानसभाको अवसान गर्नसक्छ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: