सर्भिस फर पिस नेपालले धादिङको विभिन्न ठाँउमा विद्यालय भवन निर्माण कार्य सुरु गरेको छ । यसैक्रममा धादिङको चैनपुर गाउँ विकास समिति वडा नं ३ स्थित परोपकार आधारभूत विद्यालयको तीनकोठे भवनको निर्माण कार्य सूरु गरेको छ ।
निर्माण सुरु गरिएको उक्त भवनको सर्भिस फर पिस नेपालका केन्द्रिय महासचिव सरोज खनाल, कोरियाबाट आएका भोलेन्टियरहरुले स्थलगत निरिक्षण समेत गरेका छन् । निरिक्षण गर्दै उनले विद्यालयको भौतिक पूर्वाधार, विद्यालयको भवनभित्र रहेका फर्निचरका सामान, रंगरोगन व्यवस्थापन जस्ता कार्यआफूहरुले गर्दै आईरहेको र विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि आगामी माघ महिनादेखि थप कोरियन स्वंयसेवक मार्फत विभिन्न कार्यक्रम संचालन गरिेन बताए।
२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले पूर्ण क्षति बनाएको उक्त विद्यालयको भवनको पुननिर्माणको कार्य सम्पन्न गर्नका लागि करिब २० लाख रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको छ ।
सर्भिस फर पिस नेपालले आगामी वर्षदेखि खानेपानी र जिविकोपार्जन सम्बन्धि कार्यत्रmमm संचालन गर्नेगरी तयारी गरिरहेको सर्भिस फर पिस नेपाल, धादिङका संयोजक उपेश कुमार श्रेष्ठले जानकारी दिए । सर्भिस फर पिस नेपालले यस अघि पनि जिल्लाका विभिन्न विद्यालयहरु निर्माणकार्य सम्पन्न गरी विद्यालय तथा समूदायलाई हस्तान्तरण गरिसकेको छ ।
२०७३ मंसिर २ गते प्रकाशित