Sat. Jul 27th, 2024

उन्नत जातको आलुको बिउ पाउने भएपछि उत्तरी धादिङका किसानहरु खुसी

aalu.psd

धादिङ
उत्तरी धादिङका तीन गाउँ विकास समितिका कृषकहरुले अब उन्नत जातको आलु पाउने भएका छन् ।

पुरानो बीउको कारणले आलु उत्पादन कम भएको भन्दै फोकस नेपाल धादिङले कृषकहरुलाई उन्नत जातको आलुको वीउ वितरण गरेको हो । कृषि मुल्य श्रृङ्खला प्रर्वद्धनद्धारा हिमालयन सामुदायिक विकास परियोजना AVCD अन्र्तरगत फोकस नेपाल धादिङले तीन गाउँ विकास समितिका ४ सय ५७ जना कृषकहरुलाई आलु विउ वितरण गरीने भएको हो । १३ हजार किलो ग्राम रेड कार्डिनर आलु बिहिबार धादिङबेसीबाट दार्खाको ध्याङस्याङमा लगिएको हो ।

उत्तरी धादिङका विकट गाउँ विकास समितिहरु झार्लाङ, तिप्लिङ र सेर्तुङका कृषकहरुको आयआर्जन बृद्धि गर्ने उद्देश्यले फोकस नेपाल विभिन्न गतिविधि सन्चालन गर्दै आईरहेको छ । उत्तरी धादिङको हावापानी र माटो अनुसारको नयाँ विउ वितरण गर्न लागिएको यो पहिलो पटक हो । शुक्रबारबाट आलुको बीउ वितरण गरिने भएको छ ।

कृषि अनुसन्धान परिक्षणको निरिक्षणमा उत्पादन गरीएको रेर्ड कार्डिनर जातको आलुको नयाँ विउ वितरण गर्ने भएको हो झार्लाङका २ सय २७ जना कृषकहरुलाई ३५ किलो ग्रामको दरले, सेर्तुङका १ सय किसानहरुलाई २० किलोग्राम र तिप्लिङ गाविसका १ सय २६ जना कृषकहरुलाई प्रति २० किलोग्रामका दरले केहिदिन पछि वितरण गरीने संस्थाले जनाएको छ । आलु वितरण गरेको १५–२० दिनपछि मात्र आलु लगाउन सुरु गरीने छ । उन्नत जातको एउटा आलुको बोटबाट एक किलो देखी डेढ किलो सम्म उत्पादन हुने छ ।

फोकस नेपाल धादिङले विगत एक बर्षदेखी उत्तरी धादिङको तीन गाउँ विकास समितिमा आलुखेती र भेडा पालन सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । उत्तरी धादिङको गाउँ विकास समितिमा माघ महिनाबाट आलु लगाउन सुरु गरिन्छ । एक किलोग्राम कृषकको हातसम्म पुग्दा ८५ रुपैँया पर्ने संस्थाले जनाएको छ । तर कृषकहरुलाई भने अनुदानमा आलुको बीउ वितरण गरिने लागीएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: