Sat. Jul 27th, 2024

पदिय हैसियतका आधारमा कसैलाई पनि सुचना नदिनु : बास्कोटा

baskota
९ माघ धादिङ
सुचना माग्ने अधिकार हरेक व्यक्तिहरुको हुने भएकाले पदीय हैसियतका आधारमा सुचना नदिन जिल्ला स्थित सरकारी कार्यलयका प्रमुखहरुलाई राष्ट्रिय सुचना आयोगका नवनियुक्त प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले निर्देशन दिएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले शुक्रबार धादिङवेसीमा आयोजना गरेको राष्ट्रिय सुचना आयोगका पदाधिकारीहरुलाइ बधाइ ज्ञापन तथा सूचनाको हक सम्वन्धी नेपालको व्यवहारिक प्रयोग बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बास्कोटाले सुचना माग्न आएका जो सुकैलाई पनि विनम्रता व्यवहारमा चाहेका सुचनाहरु सुचना अधिकारीले दिनुपर्ने बताए ।

नेपाल सरकारका हरेक गतिविधिमा जानकारी राख्न पाउनु सवै जनताको अधिकार भएकाले ठुलो पदका मानिसहरुले सुचना माग्न जाँदा सजिलै सुचना उपलव्ध गराउने तर सर्वसाधारण जनताले सुचना माग्न जाँदा सुचका लुकाउने जस्ता कार्य नगर्न जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख र सूचना अधिकारीलाइ निर्देशन दिएका हुन ।
सूचनाको वर्गीकरण अनुसार सर्वसाधारण जनता र पत्रकार जो सुकैमा सुचना मागेको खण्डमा तुरुन्त सुचना उपलब्ध गराउने काम सूचना अधिकारी हो हो भन्दै वास्कोटाले सूचना मागेको २४ घण्टा भित्र सूचना दिन नसक्ने भएमा पहिल्यै जानकारी गराउने पर्ने र दिन नसकेर कुनै क्षति भएमा सम्वन्धित राष्ट्रसेवक कर्मचारीले त्यसको क्षतिपुर्ति तिर्नुपर्ने कानुन रहेको जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै सुचना आयोगका आयुक्त किरण पोखरेलले लोकतन्त्रमा जनता नै शक्तिशाली हुने भएकाले सरकारका हरेक गतिविधिमा जनताले जानकारी लिन पाउनुपर्ने धारणा व्यक्त गरे । सुचना दिने हरेक अधिकारीहरुले प्रमाणित दस्तावेजहरु दिनको लागि तयार हुनुपर्ने र सवै सर्वसाधारणहरुले सार्वजनिक संघसस्थाहरुमा विना रोकतोक भ्रमण गर्न पाउनुपर्ने व्यवस्था रहेको बताए ।

baskota 2

त्यस्तै कार्यक्रममा बोल्दै अर्का आयुक्त यशोदा तिम्सिनाले दिन मिल्ने खालका सुचना दिनका लागि कुनै पनि कन्जुस्याँइ नगर्न सरोकारवालाहरुसंग आग्रह गरे । उनले आफु पत्रकार भएका बेला सधै सुचना माग्ने गरेकाले अहिले सुचना दिनुपर्दछ भन्ने ठाँउमा पुग्दा केही अप्ठ्यारो महशुस गरेपनि विस्तारै सहजताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

About The Author

Loading...

अन्य समाचारहरु: