Sat. Jul 27th, 2024

आराध्यादेव पशुपतिनाथको रकम हिनामिना विरुद्ध मुद्धा

pashupatii

हरिशरण न्यौपाने

 ९  माघ , काठमाडौ

ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो तथ्याँकले नेपालमा सामाजिक र धार्मिक क्षेत्रमा पनि उल्येख्यमात्रामा भ्रष्टाचार बढेको औंल्याएको छ ।

तथ्याक सार्वजनिक भएको डेढ महिना हुँदैगर्दा धार्मिक क्षेत्र पशुपति क्षेत्र विकास कोषभित्र भएको आर्थिक अनियमितता बाहिर आएको छ । कोषको जग्गामा रहेको बालुवा खानी उत्खनन् कार्य गर्दा करिब आधा अर्ब रुपैंयाको अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषको जग्गामा रहेको खानीको बालुवा ठेक्कामा दिने क्रममा भ्रष्टाचार भएको ठहर गरेको छ । आयोगले कोषको जग्गामा खानीको बालुवा ठेक्कामाक्रममा भ्रष्टाचार भएको भन्दै संलग्न ९ जनाविरुद्ध ४६ करोड ५६ लाख ८७ हजार विगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका अनुसन्धान अधिकृत आनन्दजंग थापाले जानकारी दिनुभयो । आयोगले दिएको विवरणअुसार कोषका तत्कालिन सदस्य सचिवहरु निर्मल कुइकेल र शुसिल नाहाटासँग क्रमश ः१ करोड ६८ लाख २९ हजार र १ करोड ९२ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ ।

खानी उत्खननकर्ता बच्चुराम दाहाल र मिठ्ठुराम दाहालबाट सबैभन्दा बढि क्रमश ३८ करोड ३८ लाख ३७ हजार र ३ करोड ३ लाख ४० हजार मागदाबी गरिएको छ । त्यसैगरि जिल्ला विकास समिति काठमाडौँका पूर्व स्थानीय विकास अधिकारीहरु गोपाल पराजुलीबाट १ करोड ७२ लाख ७६ हजार, महेन्द्रलाल श्रेष्ठबाट १ करोड २० लाख ४ हजार, प्रेमराज जोशीबाट १४ लाख २६ हजार र तत्कालिन योजना अनुगमन तथा प्रशासकीय अधिकृत भिष्मकुमार मल्लबाट १४ लाख २६ हजार मागदाबी गरिएको छ । त्यस्तै कोषका उपनिर्देशक राजकुमार रेग्मीबाट पनि १४ लाख २६ हजार मागदाबी गरिएको छ ।

अख्तियारले दिएको विवरणअनुसार ३ लाख ५८ हजार ८ सय धनमीटर बालुवा तथा माटो उत्खनन् गर्न पाउनेमा त्यसको झण्डै दोब्बर अर्थात् ६ लाख ९१ हजार ७ सय ६१ घन मीटर बालुवा तथा माटो उत्खनन् गरिएको पाईएको छ । ८ महिनाको अध्ययनपनि अख्तियारले यो आर्थिक अनियमितता बाहिर ल्याएको जनाएको छ । एमालेको सिफारिसमा तत्कालिन अवस्थामा कोषका सदस्यसचिव बनेका कुईकेल एमाले काठमाण्डौं जिल्ला अध्यक्ष हुन् । कुइकेलपछि तत्कालिन अबधिमा कांग्रेसको सिफारिसमा नाहटा कोषका सदस्य सचिव बनेका थिए । हाल पशुपति क्षेत्र विकास कोषको पार्किङ लगायत १४ वटा विषयमा अख्तियारमा उजुरी परेका छन् । थप उजुरीका विषयमा अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: