Fri. Mar 29th, 2024

विद्याकी देवी सरस्वतीको पूजा गर्दै श्रीपञ्चमी मनाइदै

 

a-sar

११ माघ, काठमाडौं
विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै आइतबार देशभर श्रीमञ्ची मनाइदैछ ।

प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी यस वर्ष पनि हर्ष उल्लासका साथ मनाइदै छ ।

बसन्त पञ्चमीबाट समेत चिनिने यो दिनमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विद्या आर्जनमा लागेका विद्यार्थीहरुले पूजाआजा गर्ने गरेका छन् ।

आजका दिन प्रत्येक विद्यालयमा विद्याकी देवीका रुपमा परिचित सरस्वतीको पूजाआराधन गरिने गरिएको छ । विद्यार्थीहरुले बिहानै उठेर नुहाइधुवाई गरी आफूले पढ्ने पुस्तक तथा कापीकलममा पुजा गरेका छन् । त्यस्तै साहित्यकार, संगीतकार लगायतले पनि आफ्ना कला साधनाका सामग्रीहरुको पूजाआजा गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: