सरिता श्रेष्ठ / १८ मंसिर, धादिङ –
मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छिन् ।
शनिबार धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि जितेकी हुन् । प्रतियोगीतामा फस्ट रनरअफ प्रमिला भट्ट, सेकेण्ड रनरअफ ईसु तामाङ, थर्ड रनरअफ कोपिला राना मगर र फोर्थ रनरअफ आशा तामाङ भईन् ।
त्यस्तै मिसेस धादिङ आइडल २०१६ को उपाधि सावित्रि श्रेष्ठले हात पारेकी छिन् । १२ जना प्रतियोगीहरुलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् । प्रतियोगीतामा फस्ट रनरअफ रत्ना बस्नेत, सेकेण्ड रनरअफ कल्पना गुरुङ, थर्ड रनरअफ भगवती गुरुङ र फोर्थ रनरअफ सानु तमाङ भईन् ।
महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले अमेजन इन्टरटेण्डमेन्ट, काठमाडौँले प्रतियोगीताको आयोजना गरेको हो । प्रतियोगीतामा कोरियोग्राफर कला सुुब्बा, नायिका सञ्चिता लुइटेल, मिसेस मंगोल २०१६ का बिजेता शोनम राई, कलाकार राज कटुवाल र दिव्य दर्शन टेलिभिजनका कार्यकारी निर्देशक दिपक कोइराला निर्णायक मण्डलमा थिए ।
प्रतियोगिताका बिजेता मिस धादिङ आइडल रानाले उपाधिसँगै मिस व्युटि क्युइन र मिसेस धादिङ आइडल श्रेष्ठले उपाधिसँगै मिसेस नेपाल आइडल प्रतियोगीतामा सहभागी हुन पाउने अवसर पाएका छन् ।
२०७३ मंसिर १८ गते प्रकाशित