Thu. May 15th, 2025

‘म त नेपाली, मेरो देश नेपाल’ (भिडियो सहित)

news-2
२६ मंसिर, धादिङ  –

बिगत केही वर्षदेखि अमेरिकामा बस्दै आएकी गायिका संगीता थापाले म त नेपाली मेरो देश नेपाल गीत ल्याएकी छन् ।

नेपाली लोक दोहोरी क्षेत्रमा स्टेज तताउन माहिर मानिएकी गायिका थापाले  देशभक्ति भावको राष्ट्रिय गीत रेकर्ड गराएकी हुन् ।

यतिबेला नेपालीहरुमा राष्ट्रियताको मोहभन्दा पनि ब्यक्तिवादी मोह हाबी हुन लागेको देखेर अमेरिकाबाट आफू राष्ट्रिय गीत लिएर आएको बताएकी छन् ।

हाल कोरियामा बस्दै आएका सिपी मगर र अमेरिकामा रहेकी गायिका थापाले बिदेशमा बस्दा देखेका र बिदेशमा बस्नेहरुले देशलाई गरेको मायालाई गितमा समेटेका छन् ।

मर्गस क्रियसनले निर्माण गरेको भिडियोमा राष्ट्रियता झल्काउदै गायिका थापा आफैले अभिनय पनि गरेकी छन् ।
भिडियो हेर्नुहोस्

२०७३ मंसिर २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: