Sat. Jul 5th, 2025

भुमेस्थान गाविस खुल्ला दिशामुक्त घोषित

toilet-2
३० मंसिर, धादिङ –

धादिङको भुमेस्थान गाउँ  विकास समितिलाई  खुल्ला दिशा मुक्त गाविस घोषण गरिएको छ ।

भुमेस्थान गाविसका २२ सय ४७ घरधुरीमा चर्पी निमार्ण भएसँगै गाविसलाई बुधबार एक कार्यक्रमका बीचमा खुल्ला दिशा मुक्त गाविस  घोषणा गरेको हो । गाविसमा चर्पी निर्माणको लागि फोकस नेपाल धादिङले सहयोग गरेको थियो ।

 भूमेस्थान गाविसका सचिव सुरेन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङका सहसचिव जक्की अहमत अन्सारीले भुमेस्थान गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्दै चर्पीको सही सदुपयोग गर्न गाउँबासीलाई आग्रह गरे । यसैबिच खुल्ला दिशामुक्त गाविस घोषणा भएसँगै अब गाउँ पनि सफा हुनेभन्दै गाउबासी खुसी भएका छन् ।
२०७३ मंसिर ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: