Sat. Jul 5th, 2025

कालिकोटको दुर्गम गाउँमा बेटर नेपालको स्वास्थ्य शिविर

health-camp-1
२ पुस,  कालिकोट –

नेपाली युवाहरूको स्वयंसेवी अभियान “बेटर नेपाल” ले कालिकोटको कुपोषण ग्रस्त रकु गाविसमा स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम गरेको छ ।

पछिल्लो समय छापामा यस भेगमा कुपोषणग्रस्त बालबालिकाहरूको वीभत्स तस्वीर र अवस्था सार्वजनिक भएपछि यस समस्यालाई प्राथमिकतामा राखेको यस अभियानले औषधी, खाद्यान्न, र लुगा कपडासहित उक्त दुर्गम भेगमा स्वास्थ शिविर गरेको हो । काडमाडौँ र नेपालगञ्जबाट अभियानका सह–संयोजक रबिन खतिवडाको नेतृत्वमा राहत सामग्री लिएर कालिकोट पुगेको उक्त समूहमा चिकित्साशास्त्रका विद्यार्थी तथा अभियन्ता सन्तोष सिँह थापा, र अभियन्ताहरू कुबेर सोडारी र अनिल खतिवडा सामेल थिए ।

स्थानीय स्वास्थ्यचौकीका अहेबको रोहबरमा सम्पन्न उक्त शिविरमा २५० जनाको स्वास्थ परीक्षण गर्नुका साथै करीब ४० परिवारलाई खाद्यान्न र लुगाफाटा वितरण गरेको थापाले बताएका छन् । उनका अनुसार यस ठाउँमा कुपोषण एक भयावह समस्याका रूपमा रहेको छ, र यसका साथैदम, पायल्स, छाला रोग, महिलाहरूको तल्लो पेट दुख्ने आदि समस्या गम्भीर रहेको छ  । जनचेतनाको कमी हुनु, छोराको आसमा छोरी जन्माइरहनु, अत्यधिक धुम्रपान गर्नु आदियी समस्याको जड भएको पनि थापाले बताए ।
health-camp-kalikot

 कालिकोटमा व्याप्त कुपोषण र स्वास्थ्यका अन्य समस्याको स्थायी समाधानका लागि “मिशन बेटर कालिकोट” सञ्चालन गरिरहेको सहसंयोजक खतिवडाले बताए । उनले पटक पटक कालिकोट जाने, र अझ ठूलो परिमाणमा राहत सामग्री वितरण गर्ने जानकारी दिए । यसका लागि नेपाल तथा नेपालबाहिर रहेका परोपकारी व्यक्ति र संस्थाहरूबाट अनुग्रह राशी र सामग्री धमाधम प्राप्त भइरहेको पनि उनले जानकारी दिए ।

 शिविर सम्पन्न गरेर काठमाडौँ फर्कने क्रमका समूहले सुर्खेतको वीरेन्द्रनगरमा, तथा दाङ्को तुलसीपुरमा पनि जनचेतनामूलक शिविर र युवाहरूकाबीच परामर्शका कार्यक्रम सम्पन्न गरेको सहसंयोजक खतिवडाले बताएका छन् ।
२०७३ पुस २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: