२ पुस, धादिङ –
एउटा मौलिक विशेषता लिएर नेपाली संगीतको आकाशमा उदाउँदै गरेका प्रतिभाशाली युवा गायक जोसेफ शाही ठकुरीको पहिलो गीति एल्बम ‘नेती’को बिमोचन गरिएको छ ।
काठमाण्डौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा बरिस्ठ संगीतकार राजु सिंह र चर्चित गायक स्वरुपराज आचर्यले ‘नेती’ एल्बमको बिमोचन गरे । एल्बममा समाबेश ५ गीतहरु मध्य ४ वटामा जोसेफको आफ्नै शब्द तथा संगीत रहेको छ भने एउटामा चाहि शंकर थापा ‘स्माइल’ संगीत रहेको छ।
कार्यक्रममा एल्बममा समाबेश गीतहरुको समीक्षा गर्दै बरिस्ठ संगीतकार राजु सिंह र चर्चित गायक स्वरुपराज आचर्यले गीतहरु राम्रा रहेकोले ‘नेती’गीति एल्बमले सफलता पाउने कुराराख्नु भएको थियो। त्यस्तै बज़ार ब्यबस्थापनको जिम्मा लिएका एशियन म्युज़िकका प्रबन्ध निर्देशक ईश्वर गुरुङले राम्रा गीत संगीत र मौलिक विशेषता लिएर आउने युवा गायकहरुलाई सहयोग गर्न आफुहरु सँधै लागी पर्ने बताए । कार्यक्रममा गीति संग्रहमा सहयोग गर्नु हुने महानुभाबहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा विमोचित एल्बम’नेती’को शीर्ष गीत ‘ठेकी मदानी’को भिडियो समेत सार्बजनिक गरिएको थियो भिडियोमा अहिलेको चर्चित गीत’ठमेल बज़ारु’लूट )२ेको आइटम डान्सर एलिशा राई र नव मोडेल सुवाश तिमिल्सिनाको रमाइलो अभिनय हेर्न सकिन्छ बिशाल भण्डारीले निर्देशन रहेको ुठेकी मदानीु भिडियोलाइ अर्जुन तिवारीको क्यामेरा र निशान घिमिरेको कुसल सम्पादकीय कलाले उत्कृष्ट बनाएको छ ।
भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=tS13q4UpqyM
२०७३ पुस २ गते प्रकाशित