Sat. Jul 27th, 2024

छलफल रोकेर निकाश आउँदैन : मन्त्री आचार्य

 

ma
शंकर श्रेष्ठ 

१६ माघ, धादिङ 

संवाद र छलफललाई रोकेर मुलुकले निकास नपाउने वन मन्त्री महेश आचार्यले बताउनुभएको छ ।

एमाओवादी नेतृत्वको मोर्चाले उठाएको मुद्दामा सहमति हुन नसकेको अवस्थामा दुर्भाग्यबस देशमा तनावको स्थिति सिर्जना भएको भएपनि संवाद छलफलबाट विवाद निरकरण गर्नुपर्ने बताउनुभयो ।

काङग्रेस नेता एवं् मन्त्री आचार्यले बर्षाैदेखि सिमित व्यक्तिहरुबाट सिंहदरबार केन्द्रित भएर घुमेको राज्यसत्तालाई स्थानीय स्तरसम्म पु¥याउन संघियतालाई संस्थागत बनाउन आवश्यक रहेको बताउनुभयो ।

धादिङको उत्तरी क्षेत्रमा आयोजित एक कार्यक्रममा सहभागी हुन धादिङ आइपुग्न भएका मन्त्री आचार्यसंग प्रेस युनियन धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अहिलेको पहिलो प्राथमिकता संविधान निमाृण भएकाले दलहरु विवादबाट बाहिर निस्कनु पर्नेमा जोड दिनुभयो ।

पहिचानको मुद्दा अब निर्माण हुने राज्यसत्तामा गरिने प्रतिनिधित्वसंग जोडिएकाले नाम के राख्ने, सिमाङ्कन कस्तो हुने, कुन जिल्ला कता पार्ने भनने विषयमा अहिले अल्झनु नहुने स्पष्ट पार्नुभयो । उहाँले साना साना राजनीतिक दलहरुको भुमिकालाई पनि सम्बोधन गरेर देशमा लोकतान्त्रीक संविधान जारी गर्नुपर्ने औल्याउनुभयो ।

संविधान निर्माण प्रकृयालाई अघि बढाउन संसदमा प्रतिनिधित्व गरेका सबै दलको भुमिका र जिम्मेवारी भएपनि शान्ति प्रकृयामा हस्ताक्षर गर्ने मुख्य दलहरुले बढि जिम्मेवारी बहन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: