Thu. May 15th, 2025

अमिर खानको फिल्म ‘दंगल’ धादिङमा पनि प्रदर्शन

dangal
१० पुस, धादिङ – 

अमिर खानको शुक्रबार मात्र रिलिज भएको यस वर्षको सबैभन्दा चर्चित फिल्म दंगल धादिङमा पनि प्रदर्शन भएको छ ।

धादिङको एकमात्र सिनेमा हल ओम शान्ति चलचित्र मन्दिर धादिङमा प्रदर्शन भएको जानकारी गराइएको छ । कुस्ती पहलमान महावीर सिंह फोगट को बास्तविक जीवन कथामा आधारित छ दंगल को कथा ।

फोगट सिंह कसरी संघर्षका बाबजुद आफ्ना दुई छोरीहरु गीता र बबितालाई प्रशिक्षण दिएर पहलवान बनाउँछन् र उनका छोरीहरुले कमनवेल्थ गेम्समा स्वर्ण पदक हासिल गर्न सफल हुन्छन् भन्ने कथा दंगलको कथा हो । फोगट सिंहको वास्तविक जीवनमा जस्तै यो फिल्ममा पनि अमिर खान आफ्ना दुई छोरीहरु फातिमा शेख र सान्या मल्होत्रालाई प्रशिक्षित गरी पहलमान बनाउँन सफल हुन्छन् ।
२०७३ पुस १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: