Sat. Jul 27th, 2024

तेक्वान्दो खेलाडी दीपक विष्टले खेल जीवनबाट सन्यास लिए

Deepak-Bista
काठमाडौं
तेक्वान्दो खेलाडी दीपक विष्टले खेल जीवनबाट सन्यास लिएका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा झण्डै दुई दशक लामो खेल जीवनवाट विश्राम लिएको घोषणा गरे । सन्यास घोषणासँगै उनले अब ‘तेक्वान्दोमा आफूभन्दा राम्रा खेलाडीहरु जन्माउन प्रशिक्षणमा लाग्ने बताए । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा विष्टलाई भक्स वागन कार उपहार दिइएको थियो ।

वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले विष्टलाई गाडीको साँचो हस्तान्तरण गरे । साढे ३३ लाख पार्ने कारको कर सरकारले मिनाह गरेको छ भने बाँकी रकम विभिन्न संस्था र व्यक्तिले संकलन गरेका हुन् ।

दक्षिण एसियाली खेदुकद सागमा कीतिर्मानी चार स्वर्र्ण जितेका विष्ट २०१० मा बंगलादेशमा भएको ११ औं साग गेम्सपछि रिङमा उत्रिएका छैनन् । एसियन्स गेम्समा दुई काश्य जितेका विष्ट ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् । आफ्नो लागि हरेक पदक उत्तिकै महत्वपूर्र्ण रहेको भन्दै उनले ११ औं सागमा चौथो स्वर्र्ण जितेको र ओलम्पिक खेलेको क्षण विशेष भएको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: