१२ पुस, धादिङ –
हामीकहाँ बिहेमा बेहुलीले सारी चोलो वा ब्लाउज लगाउँछन् भने बेहुलाले कोट पाइन्ट वा दौरा सुरुवाल । बिहेमा गाउन पनि लगाउँछन् बेहुलीहरु । तर चीनमा एउटा यस्ता बिहे भयो जहाँ बेहुलाले बेहुलीले लगाउने गाउन लगाए भने बेहुलीले कोट पाइन्ट लगाइन् ।
बेहुला बेहुलीको त्यो साटफेर गरिएको पहिरनले सबै पाहुनालाई अचम्ममा पार्यो । आखिर किन त्यसरी साटफेर गरी विवाहका परिहन बेहुला बेहुलीले लगाए भन्नेमा आगन्तुकहरुमा निकै कौतुहलता छायो ।
यसरी उल्टो पहिरन लगाउने आइडिया बेहुलीको रहेछ । आफु मोटी भएको हुँदा आफुलाई बेहुलीले लगाउने गाउनले नसुहाउने उनको तर्क थियो ।
उता बेहुलाले चाहीँ बेहुलीप्रतिको माया दर्शाउने मौकाको रुपमा त्यसलाई लिए र बेहुलीको इच्छा मुताविक बेहुलीले लगाउने गाउन लगाएर बिहे गरे ।
२०७३ पुस १२ गते प्रकाशित