Sat. Jul 27th, 2024

एक सातादेखि बालक बेपत्ता

10958357_722908431157841_1491748023_n (1)

१९ माघ धादिङ
धादिङको नलाङ गाउँ विकास समिति वडा नम्बर ३ तारनलाङका एक बालक सात दिनदेखि बेपत्ता भएका छन् ।

घरबाट खेल्न निस्किएका १२ वर्षिय कृष्ण वि.क. गाउँबाट नै हराइरहेको कृष्णका बाबु अनिलले बताए । यही माघ १२ गते घरबाट खेल्न निस्किएका कृष्णले सेतो र निलो रङ्गको चेक सर्ट र निलो जिन्स पाइन्ट लगाएका छन् । कृष्ण नलाङकै शान्ती प्रा.वि.को कक्षा ५ मा पढ्ने विद्यार्थी हुन् । आफन्तहरु भएको सबै ठाउँमा खोजेपनि कृष्णको पत्तो नलागेपछि सार्वजनिक सूचना गरेर खोजीदिन परिवारले आग्रह गरेको छ ।

कृष्ण हराएको बारे प्रहरीमा समेत खबर गरिसकेको भएपनि कुनै पत्ता लाग्न नसकेको उनका बाबु अनिलले गुनासो गरेका छन् । देख्नुहुने वा फेला पार्नुहुनेले नजिकको प्रहरी कार्यालय वा ९८०८७६८७३४ मा फोन गरिदिन अनिलले आग्रह गरेका छन् ।

 

About The Author

Loading...

अन्य समाचारहरु: