Sat. Jul 27th, 2024

फरार रहेका धादिङ दार्खाका युवक रिको जंगलमा मृत भेटिए

Gorkha_Earthquaje_368907356१९ माघ धादिङ

उत्तरी धादिङको रि गाउँ विकास समिति वडा नम्बर ८ कल्सीङ् खोलामा एक पुरुषको शव भेटिएको छ ।

दार्खा गाविसका श्याम तामाङ सोमबार विहान रि गाविसको कल्सीङखोला जंगलमा मृत अवस्थामा भेटिएका हुन् । मृत अवस्थामा भेटिएका श्याम तीन दिन अघिदेखि हराइरहेका थिए । २ वर्ष अघि दार्खा स्थित रातमाटेमा भीषण सिंखडाको हत्या गरेको आरोपमा फरार सुचिमा रहेका तामाङ सोमबार विहान जंगलमा मृत फेरा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

सिंखडा हत्यामा संगलग्न भएको आरोप लागेका बिर बहादुर भनिने कैलाश तामाङ र रामबहादुर भनिने अबित तामाङलाई तीन दिन अघि रि गाविसको तावलबाट प्रहरीले पक्राउ गरेको भएपनि सोमबार मृत भेटिएका श्याम भाग्न सफल भएका थिए । शव भेटिएको भएपनि खोचमा रहेकाले साँझसम्म बाहिर निकाल्न सकिएको छैन । शव भेटिएको खबर पाएपछि घटना स्थल पुगेका दार्खाको प्रहरी टोलीले शव निकाल्न नसकेपछि जिल्ला प्रहरीको उद्धार टोली घटनास्थल गएको प्रहरी नायव उपरिक्षक प्रकाश मल्ले बताउनुभयो । घटना स्थल सदरमुकामबाट विकटमा पर्ने भएकाले थप जानकारी आउन सकेको छैन ।

About The Author

Loading...

अन्य समाचारहरु: