२९ पुस,धादिङ-
धादिङमा पछिल्लो समय सम्बन्ध विच्छेद गराउनेको संख्या बढेको छ । अदालतमादर्ता गराउन आउने मुद्धामध्ये अधिकांश सम्बन्ध विच्छेद कै रहेको जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेले बताए।
जिल्ला अदालत धादिङमा चालु आर्थिक वर्ष साउन देखि अहिले सम्म दुनियावादी फौजदारीतर्फ १ सय ८८ वटा मुद्धा दर्ता भएकोमा ५७ वटा सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको छ ।
दर्ता भएका मुद्धामध्ये ३८ वटाको फछौंट भएको श्रेस्तेदार काफ्लेले जानकारी दिए । पारिवारिक बेमेल, घरेलुहिंसा, बहुविवाह जस्ता कारण सम्बन्ध विच्छेद गराउनेको संख्या बढ्दै गएको छ ।
अझ पछिल्लो समय वैदेसिक रोजगार ,सुचना र प्रविधिको विकास, हिंसा विरुद्धको चेतनाको अभि वृद्धिसँगै सम्बन्ध विच्छेद गराउनेको संख्या बढेको श्रेस्तेदार काफ्लेले बताए ।
यसैगरि अदालतमा घरेलु हिंसा सम्बन्धी १० थान, जालसाजीको ६ थान, लुटपात २ थान, मानाचालम २८ थान, बहुविवाहका ६ थान, मानव ओसारपसार तथा बेचविखनका २ थान मुद्धा दर्ता भएको छ । यसैगरि अघिल्लो वर्ष एउटा पनिदर्ता नभएको बालविवाह सम्बन्धी मुद्धा अहिलेसम्म एउटा दर्ता भएको श्रेस्तेदार काफ्लेले ब बताए।
२०७३ पुस २९ गते प्रकाशित