Sat. Jul 5th, 2025

नुवाकोटको तारुका र रसुवाको वेत्रावतीमा गोरु जुधाएर माघेसंक्रान्ति (फोटो फिचर)

फाइल फोटो

bull- fight 1

शंकर श्रेष्ठ / १ माघ,  वेत्रावती (रसुवा)  –

नेपालमा माघे संक्रान्तिको दिन नुवाकोटमा गोरु जुधाइन्छ । साँढे जुधाउने खेल त स्पेनको राष्ट्रिय खेल नै हो । तर रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तिको दिन गोरु जुधाउने परम्परा छ । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासंग ऐतिहासिक महत्व पनि जोडिएको छ । माधेसंक्रान्तीको उत्सव अन्तरगत एउटा परम्परागत परम्परा हो गोरु जुधाउने । गाउँलेहरुले आ आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन् । गोरु जुधाइमा बिजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन् ।

माघे संक्रान्तिको अवसरमा आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइएको छ । रसुवाको बेत्रावतीमा १० हल र नुवाकोटको तारुका– ५ चन्दनी स्थित कटहरबोटमा १८ हल गोरु बीच भिडन्त गराइएको हो ।

bull- fight 2

ऐतिहासिक प्रमाण नभेटिए पनि यहाँको गोरु जुधाई परम्परा सय वर्षभन्दा पूरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ संग जोडिएको छ । रसुवाको बेत्रावती नेपाल र तिब्बतबिचको भोट युद्धको सन्धि भएको स्थलमा यसरी मानववीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकारहरु बताउँछन् ।

 नुवाकोटका स्थानीयका अनुसार बझांगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्बदन्ति छ ।

bull- fight 3

bull- fight 5

bull- fight 4

२०७३ माघ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: