Sat. Jul 5th, 2025

हामी मार्फत धादिङका भुकम्प पिडितका माग सरकार समक्ष

cdo

१ माघ, धादिङ-
भुकम्प पीडित नागरिकको समस्या समाधानको निम्ति तयार पारिएको मापदण्ड भित्र सवै पीडित समेटिन नसकेको प्रति हामी नामक संस्थाले सरकारको धयानाकर्षण गराएको छ ।

सोमबार ज्ञापन पत्र बुझाउँदै मानविय जवाफदेहिता अनुगमन अभियान (हामी)  का धादिङ प्रतिनिधी नवराज छत्कुलीले नयाँ मापदण्ड तयार गरेर भएपनि सबैलाई न्याय दिलाउनका लागि धादिङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत सरकारको ध्यानकर्षण गराएका हुन् । सरकारले भुकम्प पीडित नागरिकलाई घर निर्माणमा सहयोग गर्न सहुलियत दरको ऋण उपलब्ध गराउने घोषणा गरेको भएपनि नागरिकले सरल तरिकाबाट उक्त सुविधा उपभोग गर्न नपाएको भन्दै त्यस तर्फ ध्यान दिन पनि ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ– लाभग्राहीको सूचिमा नपरेका पीडित नागरिकलाई अविलम्ब सुविधा उपलब्ध गराउने प्रबन्ध गरियोस् र लाभग्राहीको सूचिमा नाम परेर पनि  नागरिकता एवं लालपुर्जा नभएकोले अनुदान पाउन नसकेका पीडित नागरिकलाई राहतको व्यवस्था मिलाइयोस् । त्यस्तै भूमिहिन एवं सुकुम्वासीहरुले समेत सरकारी मापदण्ड अन्तरगत राहत प्राप्त गर्न कठिन भएकाले विशेष व्यवस्था गरेर भएपनि उनीहरुले न्याय पाउने व्यवस्था मिलाउन ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

भुकम्प पीडित नागरिकको परिचय पत्र बनेर लाभग्राहीको सूचिमा नाम रहँदा समेत कतिपय पीडितले पहिलो किस्ता रकम बुझ्न नपाएको भन्दै त्यस तर्फ विशेष ध्यान दिई समस्या समाधानमा लाग्नु अपरिहार्य भएको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

जिल्लाका भुकम्प पिडितहरुको माग तथा समस्याको बारेमा अनुगमन गरि सरकारको ध्यानाकर्षण गराएको प्रति धन्यावाद दिंदै प्रमुख जिल्ला अधिकारी ढकालले  भुकम्प पिडितका माग सरकार समक्ष पु¥याउने बताए ।  सुरक्षित पुननिर्माण अबको आवश्यकता भएको भन्दै यसमा साथ दिने मानविय जवाफदेहिता अनुगमन अभियान (हामी), प्रयास नेपाल, फोकस नेपाल, एक्सन नेपाल तथा अक्सफामको सहयोग आगामी दिनमा पनि रहिरहने विश्वास व्यक्त गरे ।

About The Author

अन्य समाचारहरु: