
४ माघ, धादिङ –
धादिङको खाल्टे गाउँ विकास समिति वडा नंबर ५ पतेनीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मुत्यु भएको छ ।
काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा सोमबार राति चितवन खैरेनी–९ का ४५ वर्षका माधवप्रसाद अधिकारी र धादिङ खाल्टे–५ का २५ वर्षका सन्तोष जम्मरकट्टेलको मुत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
ट्रमा सेन्टरमा अन्य १७ जना घाइतेको उपचार भइरहेको छ ।
यस्तै दुई जना घाइतेको धादिङ जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ भने ३ जना उपचार पछि घर फर्किएका छन् ।
सोमबार साँझ सरदमुकाम धादिङबेसीबाट खाल्टे गाविसको फ्याक्सेका लागि छुटेको बा ३ ख ८२६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
२०७३ माघ ४ गते प्रकाशित