

४ माघ, धादिङ –
सञ्चारकर्मी एम.जी. तामाङ को “डम्फूको तालमा” गीत बजारमा आएको छ ।
काठमाडौँको बौद्ध र यस आसपासका क्षेत्रमा छायाँकन गरिएको “डम्फूको ताल्लैमा ” बोलको गीतको भिडियो समेत सार्वजनिक भएको छ । गीतमा सञ्चारकर्मी एम जी तामाङ र रजनी लामाको स्वर रहेको छ ।
भिडियोमा सबिता गुरुङ ,ज्ञानेन्द्र लामा, रविना लामा, विपना लामा ,सागर लामा र गायक एम जि स्वंयले नै प्रमुख भूमिकामा अभिनय गरेका छन् । दिपेन्द्र भट्टले छायाँकन गरेको भिडियोको निर्देशन कृष्ण तामाङले गरेका छन् ।
गीतमा चर्चित गायक तथा संगितकार विशाल काल्तानको संगित रहेको छ भने शब्द सञ्चारकर्मी एम जि तामाङको रहेको छ।
भिडियो हेर्नुहोस्
२०७३ माघ ४ गते प्रकाशित