
६ माघ, धादिङ –
सरकारले रेडियो नेपालको कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई नियुक्त गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्की यसअघि पनि रेडियो नेपालको कार्यकारी निर्देशक थिए ।
कार्कीलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।
२०७३ माघ ६ गते प्रकाशित