Sat. Jul 5th, 2025

हरियो खुर्सानीका ७ फाइदा

khorsani

१२ माघ धादिङ–

पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला ।

१, हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।

२, यो एन्टी–अक्सिीडेन्टका  राम्रो माध्यम हो ।

३, हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।

४, भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले  आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।

५, कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।

६,हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।

७, यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।

पेटको समस्या छ भने चिकित्सकको सल्लाहमा मात्र खुर्सानी खानु होला ।
स्वास्थ्य खवर पत्रिकाबाट
३०७३ माघ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: