Sat. Jul 5th, 2025

सहिदहरुको सम्मान र सम्झनामा आज सहिद दिवस मनाइदै

sahid
१६ माघ, धादिङ –

राष्ट्र र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्झनामा आज देशैभर सहिद दिवस मनाइदैछ ।

स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गरी अमरत्व प्राप्त गर्ने सहिदको सम्मानमा हरेक वर्ष आजैका दिन सहिद दिबस मनाउने गरीन्छ । बि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा झुण्डाएर तत्कालीन राणा शासकले हत्या गरेका थिए । त्यसको दुई दिन पछि माघ १२ गते सिफलमा धर्मभक्त माथेमालाई र माघ १५ गते दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

वीर शहिद अमर रहुन, शहिदहरुको सपना साकार पारौं भन्ने नारासँगै शहिदहरुको स्मरणमा श्रद्धाञ्जली तथा स्मरणसभा भैरहेका छन् । तर पछिल्लो समय सवारी दुर्घटना र अन्य कारणले मारिएकालाई पनि जथाभावी सहिद घोषणा गर्ने प्रचलन बसेका कारण वास्तविक सहिदप्रति अवमूल्यन भएको गुनासो बढेको छ ।शहिदको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्नुपर्ने आम नागरिकको भनाई छ । २००७ सालमा जहाँनिया राणा शासन बिरुद्ध लागेको भन्दै धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई तत्कालीन राणाशासानले फाँसी दिएको थियो ।

त्यसपछि १९९७ सालमा निरङ्कुश जहानियाँ राणा शासनको अन्याय र अत्याचारविरुद्ध लड्ने सिलसिलामा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द तथा धर्मभक्त माथेमाले सहादत प्राप्त गरेका थिए । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले नै १ सय ४ वर्षको निरंकुश जहानियाँ राणा शासनको अन्त्य र २००७ सालमा प्रजातन्त्र स्थापना सम्भव भएको थियो । चारजना सहिदहरुलाई मृत्युदण्ड दिइएको सम्झनामा आजको दिन सहिद दिवस मनाउने गरिन्छ । सहिद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । शहिद दिवसको अवसरमा धादिङमा पनि विभिन्न कार्यक्रम हुँदैछ ।

२०७३ माघ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: