Sat. Jul 5th, 2025

त्रिशूलीमा ट्रक खस्दा एक जना बेपत्ता, धादिङ खयरघारीका चालकको सकुशल उद्धार

jeep-accident

१६ माघ, धादिङ–  

चितवनको दारेचोक गाविस वडा नम्बर ४ नाग्दी खोलाबाट ट्रक त्रिशुली नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् ।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ ।

चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ । ट्रकमा अन्य मानिस कति थिए भन्ने नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

२०७३ माघ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: